बुधबार, फागुन ७, २०८१

सरकारले निःशुल्क सीपमूलक तालिम दिँदै

मेरोन्यूज २०७८ कार्तिक १४ गते १६:०९

काठमाडौं । सरकारले सीपमुलक बढावा तथा स्वउद्यमशिलताका लागि विभिन्न १९ विषयमा निःशुल्क सीपमूलक तालिम दिने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रले वार्षिक कार्यक्रम अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिकमा देशमै उद्यम वा व्यवसाय गर्न इच्छुकका लागि विभिन्न विषयमा सीपमूलक तालिम सञ्चालन गर्न लागेको जनाएको छ ।

सूचना जारी गर्दै केन्द्रले इच्छुक व्यक्तिले मंसिर १ गतेसम्म अनलाइन आवेदन पेश गर्न जनाएको छ । देशको जुनसुकै स्थानबाट पनि आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

प्याट्रन सिलाई (बेसिक, एडभान्स), व्युटिसियन (बेसिक, एडभान्स), मोटर वायन्डिङ, प्लम्बिङ, मोबाइल मर्मत, मोटरसाइकल मर्मत, अटोमेकानिक्स (गाडी मर्मत), कम्प्युटर मर्मत (हार्डवेयर), बेकरी बेसिक, हाउस वायरिङ, खाद्य प्रशोधन, उद्यमशीलता विकास, फेसन डिजाइन, मेसिन इम्ब्रोइडरी, कृष्टल सामाग्री, कफी वारिष्टा एवम् हाते इम्बोइडरी तालिम रहेका छन् ।

उद्योग प्रवद्र्र्धन केन्द्रले वेबसाइटमा गएर आवेदन पेश गर्न सकिनेछ । उक्त वेबसाइटमा आवेदकको योग्यता, अनलाइन आवेदन पेश गर्ने तरिका एवम् अन्य विस्तृत विवरण उपलब्ध गराइएको छ ।

Advertisement
IMEnabil

प्रतिक्रिया