मुलुकमा लोकतन्त्र रक्षाका लागि अझै संघर्ष गर्नुपर्ने छ : वरिष्ठ नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा लोकतन्त्र रक्षाका लागि अझै संघर्ष गर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन धनुषाले सोमबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले लोकतन्त्र रक्षाका लागि अझै संघर्ष गर्नुपर्छ भन्ने आफूले अनुभूति गरेको बताएका हुन् ।
उनले आफू कांग्रेसलाई कसरी नेपाली जनताको भरोसाको केन्द्र बनाएर लोकतन्त्रलाई सुनिश्चित गर्ने भन्नेमा लागेको बताए । यस्तै उनले नेपालले एउटा व्यवस्थाको टुंगो नलाग्नु विकासको बाँधा भएका बताए । वरिष्ठ नेता पौडेलले वर्तमान व्यवस्था नखलबलिने गरी संविधान संशोधन गर्न सकिने बताए ।
संविधान बनाउँदा केही कुरा छुटेको भन्दै उनले त्यसलाई सम्बोधन गर्न काँग्रेस संविधान संशोधन गर्न तयार रहेको बताए । यस्तै पौडेलले मंसिरको २४ र २६ मा काँग्रेस महाधिवेशन हुने बताए ।
उनले भने, ‘अब कार्यतालिकामा तलमाथि हुँदैन । मंसिरको २४ र २६ मा काँग्रेस महाधिवेशन हुन्छ । मेरो पार्टी अस्तव्यस्त छ । मेरो पार्टीलाई सुधार गर्ने लडाइमा छु । काँग्रेस व्यवस्थित भएपछि लोकतन्त्रपनि व्यवस्थित हुन्छ ।’ पौडेलले कांग्रेसको १४ औं महाधिवेशनमा आफू स्वभाविकै सभापतिको उम्मेदवार रहेको बताए ।
















छुरा प्रहारबाट घाइते भएका दुई युवकको मृत्यु
भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ
फोहरलाई वर्गीकरण गरेर राख्न टीकापुर नगरपालिकाको आग्रह
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
बुटवल–नारायणगढ सडक अवरुद्ध
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको गृहमन्त्री गुरुङको दावी
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
प्रतिक्रिया