शनिबार, फागुन ३, २०८१

मुलुकमा लोकतन्त्र रक्षाका लागि अझै संघर्ष गर्नुपर्ने छ : वरिष्ठ नेता पौडेल

मेरोन्यूज २०७८ कार्तिक १५ गते ९:४४

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा लोकतन्त्र रक्षाका लागि अझै संघर्ष गर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन धनुषाले सोमबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले लोकतन्त्र रक्षाका लागि अझै संघर्ष गर्नुपर्छ भन्ने आफूले अनुभूति गरेको बताएका हुन् ।

Advertisement
IMEnabil

उनले आफू कांग्रेसलाई कसरी नेपाली जनताको भरोसाको केन्द्र बनाएर लोकतन्त्रलाई सुनिश्चित गर्ने भन्नेमा लागेको बताए । यस्तै उनले नेपालले एउटा व्यवस्थाको टुंगो नलाग्नु विकासको बाँधा भएका बताए । वरिष्ठ नेता पौडेलले वर्तमान व्यवस्था नखलबलिने गरी संविधान संशोधन गर्न सकिने बताए ।

संविधान बनाउँदा केही कुरा छुटेको भन्दै उनले त्यसलाई सम्बोधन गर्न काँग्रेस संविधान संशोधन गर्न तयार रहेको बताए । यस्तै पौडेलले मंसिरको २४ र २६ मा काँग्रेस महाधिवेशन हुने बताए ।

उनले भने, ‘अब कार्यतालिकामा तलमाथि हुँदैन । मंसिरको २४ र २६ मा काँग्रेस महाधिवेशन हुन्छ । मेरो पार्टी अस्तव्यस्त छ । मेरो पार्टीलाई सुधार गर्ने लडाइमा छु । काँग्रेस व्यवस्थित भएपछि लोकतन्त्रपनि व्यवस्थित हुन्छ ।’ पौडेलले कांग्रेसको १४ औं महाधिवेशनमा आफू स्वभाविकै सभापतिको उम्मेदवार रहेको बताए ।

प्रतिक्रिया