सर्वोच्चमा कानून व्यवसायीको धर्ना दोस्रो दिन पनि जारी

काठमाडौं । प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जवराको राजीनामा माग गदै कानुन ब्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले आज दोस्रो दिन पनि सर्वोच्च अदालत प्रागंणमै धर्ना शुरु गरेका छन् ।
प्रधानन्यायाधीसले राज्यसत्तासँग भागवन्डाको मोलमोलाई गरेको, अदालतको गरिमा र मर्यादा राख्न नसकेको, न्यायालयभित्रको भष्टाचार र विकृति विसंगतिहरुलाई रोक्न नसकेको जस्ता आरोप लगाउादै बार एसोसिएसनले प्रधानन्यायाधीसलाई ५ दिनभित्र राजीनामा दिन अल्टिमेटम दिँदै आइतबारवाट धर्ना शुरु गरेको थियो ।
आइतबार एक घण्टा अदालत परिसरमा धर्ना दिएका कानुन ब्यवसायीले आज दोस्रो दिन पनि विहान साढे १० वजेवाट धर्ना शुरु गरेका हुन् । बारका अध्यक्ष चन्डेश्वर श्रेष्ठका अनुसार आजको धर्ना पनि एक घण्टा सम्म चल्नेछ ।
नेपाल बार एशोसिएसनको नेतृत्वमा कानून व्यवसायीहरुले हातमा कालो पट्टी बाँधेर धर्ना दिन सुरु गरेका हुन् । प्रधानन्यायाधीश जबराले आफू ‘ग्रेसफुल एक्जिट’ (सम्मानजनक बहिर्गमन) का लागि तयार रहेको प्रस्ताव सहकर्मी न्यायाधीशहरूसमक्ष पठाएपनि उनको प
स्तावभित्रको ठोस कुरा आउन नसकेको भन्दै न्यायाधीसहरु समेत विस्वस्त हुन सकिरहेका छैनन ।
प्रधानन्यायाधीसले न्यायाधीस मनोज शर्मामार्फत आफूले सम्मानजनक बहिर्गमन चाहेको सन्देश पठाएका थिए । त्यसपछि न्यायाधीशहरूले उक्त प्रस्तावबारे प्रधानन्यायाधीश जबराको धारणा बुझ्न न्यायाधीसहरु अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोज शर्मालाई जिम्मा दिएर छलफलका लागि पठाएका थिए । तर प्रधानन्यायाधीसको प्रस्ताव ठोस रुपमा नआएको भन्दै यस विषयमा थप छलफल न्यायाधीसहरुले आज गर्ने तयारी गरेका छन् ।
वारले भने राजीनामा नआएसम्म अरु कुनै कुरा नसोच्ने चेतावनी प्रधानन्यायाधीसलाई दिईसकेको छ । त्यही अनुसार उसले धर्नालाई आज पनि निरन्तरता दिएको हो ।
प्रधानन्यायाधीशले राजीनामा नदिए थप संघर्षका कार्यक्रम ल्याउने नेपाल बारले जनाएको छ ।
















आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने
राष्ट्रपति पुटिन भेट्न इरानी विदेशमन्त्री रुसमा
आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने
रुस र उत्तर कोरियाबीच ‘दीर्घकालीन’ सैन्य सहकार्यका लागि सहमति
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया