सर्वोच्चमा कानून व्यवसायीको धर्ना दोस्रो दिन पनि जारी

काठमाडौं । प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जवराको राजीनामा माग गदै कानुन ब्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले आज दोस्रो दिन पनि सर्वोच्च अदालत प्रागंणमै धर्ना शुरु गरेका छन् ।
प्रधानन्यायाधीसले राज्यसत्तासँग भागवन्डाको मोलमोलाई गरेको, अदालतको गरिमा र मर्यादा राख्न नसकेको, न्यायालयभित्रको भष्टाचार र विकृति विसंगतिहरुलाई रोक्न नसकेको जस्ता आरोप लगाउादै बार एसोसिएसनले प्रधानन्यायाधीसलाई ५ दिनभित्र राजीनामा दिन अल्टिमेटम दिँदै आइतबारवाट धर्ना शुरु गरेको थियो ।
आइतबार एक घण्टा अदालत परिसरमा धर्ना दिएका कानुन ब्यवसायीले आज दोस्रो दिन पनि विहान साढे १० वजेवाट धर्ना शुरु गरेका हुन् । बारका अध्यक्ष चन्डेश्वर श्रेष्ठका अनुसार आजको धर्ना पनि एक घण्टा सम्म चल्नेछ ।
नेपाल बार एशोसिएसनको नेतृत्वमा कानून व्यवसायीहरुले हातमा कालो पट्टी बाँधेर धर्ना दिन सुरु गरेका हुन् । प्रधानन्यायाधीश जबराले आफू ‘ग्रेसफुल एक्जिट’ (सम्मानजनक बहिर्गमन) का लागि तयार रहेको प्रस्ताव सहकर्मी न्यायाधीशहरूसमक्ष पठाएपनि उनको प
स्तावभित्रको ठोस कुरा आउन नसकेको भन्दै न्यायाधीसहरु समेत विस्वस्त हुन सकिरहेका छैनन ।
प्रधानन्यायाधीसले न्यायाधीस मनोज शर्मामार्फत आफूले सम्मानजनक बहिर्गमन चाहेको सन्देश पठाएका थिए । त्यसपछि न्यायाधीशहरूले उक्त प्रस्तावबारे प्रधानन्यायाधीश जबराको धारणा बुझ्न न्यायाधीसहरु अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोज शर्मालाई जिम्मा दिएर छलफलका लागि पठाएका थिए । तर प्रधानन्यायाधीसको प्रस्ताव ठोस रुपमा नआएको भन्दै यस विषयमा थप छलफल न्यायाधीसहरुले आज गर्ने तयारी गरेका छन् ।
वारले भने राजीनामा नआएसम्म अरु कुनै कुरा नसोच्ने चेतावनी प्रधानन्यायाधीसलाई दिईसकेको छ । त्यही अनुसार उसले धर्नालाई आज पनि निरन्तरता दिएको हो ।
प्रधानन्यायाधीशले राजीनामा नदिए थप संघर्षका कार्यक्रम ल्याउने नेपाल बारले जनाएको छ ।
















इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
अनावश्यक रूपमा बिरामीलाई ‘रिफर’ नगर्न अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
प्रतिक्रिया