सर्वोच्चका न्यायाधीशलाई बन्दी प्रत्यक्षीकरणका रिटको इजलास तोकियो

काठमाडौँ । सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाइका लागि मात्र इजलास तोकिएको छ । सोमबारका लागि ६ वटा इजलासमा बन्दी प्रत्यक्षीकरणका रिट निवेदनमाथि सुनुवाइ गर्न इजलास तोकिएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामाको माग गर्दै आएका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्न सहमत भएपछि सोही अनुसार पेसी तोकिएको हो ।
न्यायाधिशहरु एक सातापछि आज सर्वोच्च अदालतको इजलासमा बस्दैछन् । कानून व्यवसायीहरु एक घण्टा धर्ना दिएर बहसको लागि सर्वोच्च अदालतमा फर्कने जनाइएको छ ।
प्रधानन्यायाधीसले सम्मानजनक वर्हिगमनको प्रस्ताव न्यायाधीससमक्ष राखेपछि न्यायाधीसका तर्फबाट उनको सम्मानजनक वर्हिगमनको प्रस्तावभित्रको धारणा वुझन तीन न्यायाधीस छलफलमा पुगेका थिए ।
त्यसक्रममा वन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाईमा बस्न न्यायाधीसहरु सहमत भएका हुन् । तर इजालस तोक्दा प्रधानन्यायाधीसलाई भने कुनै इजालस तोक्न नहुने न्यायाधीसहरुको तर्क थियो ।
आज न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ र हरि फुँयाल, आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तान, अनिलकुमार सिन्हा र कुमार चुडाल, सपना प्रधान मल्ल र मनोजकुमार शर्मालाई संयुक्त इजलास तोकिएको छ । त्यस्तै बमकुमार श्रेष्ठ र कुमार रेग्मीलाई भने एकल इजलास तोकिएको छ । ६ वटा इजलासमा एक–एक वटा बन्दी प्रत्यक्षीकरणको मुद्दाको पेसी तोकिएको छ । प्रधानन्यायाधीस राणाको भने आजका लागि कुनै इजालास तोकिएको छैन ।
















इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
अनावश्यक रूपमा बिरामीलाई ‘रिफर’ नगर्न अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
प्रतिक्रिया