सर्वोच्चका न्यायाधीशलाई बन्दी प्रत्यक्षीकरणका रिटको इजलास तोकियो

काठमाडौँ । सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाइका लागि मात्र इजलास तोकिएको छ । सोमबारका लागि ६ वटा इजलासमा बन्दी प्रत्यक्षीकरणका रिट निवेदनमाथि सुनुवाइ गर्न इजलास तोकिएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामाको माग गर्दै आएका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्न सहमत भएपछि सोही अनुसार पेसी तोकिएको हो ।
न्यायाधिशहरु एक सातापछि आज सर्वोच्च अदालतको इजलासमा बस्दैछन् । कानून व्यवसायीहरु एक घण्टा धर्ना दिएर बहसको लागि सर्वोच्च अदालतमा फर्कने जनाइएको छ ।
प्रधानन्यायाधीसले सम्मानजनक वर्हिगमनको प्रस्ताव न्यायाधीससमक्ष राखेपछि न्यायाधीसका तर्फबाट उनको सम्मानजनक वर्हिगमनको प्रस्तावभित्रको धारणा वुझन तीन न्यायाधीस छलफलमा पुगेका थिए ।
त्यसक्रममा वन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाईमा बस्न न्यायाधीसहरु सहमत भएका हुन् । तर इजालस तोक्दा प्रधानन्यायाधीसलाई भने कुनै इजालस तोक्न नहुने न्यायाधीसहरुको तर्क थियो ।
आज न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ र हरि फुँयाल, आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तान, अनिलकुमार सिन्हा र कुमार चुडाल, सपना प्रधान मल्ल र मनोजकुमार शर्मालाई संयुक्त इजलास तोकिएको छ । त्यस्तै बमकुमार श्रेष्ठ र कुमार रेग्मीलाई भने एकल इजलास तोकिएको छ । ६ वटा इजलासमा एक–एक वटा बन्दी प्रत्यक्षीकरणको मुद्दाको पेसी तोकिएको छ । प्रधानन्यायाधीस राणाको भने आजका लागि कुनै इजालास तोकिएको छैन ।
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया