मंगलबार, फागुन ६, २०८१

एमाले महाधिवेशन

कुन कमिटीबाट कति छानिन्छन् महाधिवेशन प्रतिनिधि (मापदण्डको सर्कुलरसहित)

मेरोन्यूज २०७८ कार्तिक १५ गते ११:४६

काठमाडौं । नेकपा एमालेले आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा गर्न लागेको १० औं महाधिवेशन प्रतिनिधि छनाेटको मापदण्ड तय गरेको छ । कात्तिक १२ गते बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनमा १९९९ प्रतिनिधि सहभागी हुने गरी संख्या तय गरेको थियो ।

Advertisement
IMEnabil

जसअनुसार कुन कमिटीबाट कति प्रतिनिधि छनाेट हुने, जनवर्गीय संगठनहरुबाट कति प्रतिनिधि आउन पाउने, कति पार्टी सदस्य भएका ठाउँका कति प्रतिनिधि हुने जस्ता विषयमा एमालेले ठोस मापदण्ड तय गरेर आन्तरिक पार्टी पंक्तिलाई सर्कुलर गरेको छ । एमालेले कात्तिक २७ मा देशैभरबाट एकैपटक महाधिवेशनमा सहभागी हुने प्रतिनिधि चयन गर्ने जनाएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन (अपानि) १३ जारी गर्दै महाधिवेशनमा तीन प्रकारका प्रतिनिधि हुने मापदण्डका बारेमा जानकारी गराएका छन् । महाधिवेशनमा पदेन, भौगोलिक र मनोनित गरी तीन प्रकारका प्रतिनिधि हुने छन् ।

पदेन प्रतिनिधिहरूमा केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरू, केन्द्रीय अनुशासन आयोगका पदाधिकारी र सदस्यहरू, केन्द्रीय लेखा आयोगका पदाधिकारी र सदस्यहरु र केन्द्रीय निर्वाचन आयोगका पदाधिकारी र सदस्यहरु रहने छन् ।

सबभन्दा ठूलो संख्या रहने भौगोलिक प्रतिनिधिहरु निम्नअनुसार हुने ओलीले पार्टी पंक्तिलाई पठाएको अपानीमा उल्लेख छ ।

– प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्यहरु मध्येबाट कम्तिमा २ महिलासहित ५ जना दरले निर्वाचित हुने प्रतिनिधि ।

– प्रतिनिधिसभा निर्वाचन क्षेत्र अन्तर्गतका १२०० सम्म पार्टी सदस्य मध्येबाट कम्तिमा १ महिलासहित ३ जनाका दरले निर्वाचित हुने प्रतिनिधि । सोपछि प्रत्येक ८०० मा थप १-१ जना तर हरेक दोश्रो ८०० मा महिला अनिवार्य हुनेछ ।

– देशभित्रका विशेष जिल्लाअन्तर्गतका १२०० सम्म पार्टी सदस्यमध्येबाट कम्तिमा १ महिलासहित ३ जनाका दरले निर्वाचित हुने प्रतिनिधि । सो पछि प्रत्येक ८०० सदस्यसम्ममा थप १ जना तर, हरेक दोश्रो ८०० मा महिला अनिवार्य हुने छ ।

– देशभित्रका जिल्ला र विशेष जिल्लाअन्तर्गतका ५०० सम्म दलित पार्टी सदस्यमध्येबाट निर्वाचित हुने १ जना प्रतिनिधि । सो संख्यामा थप ५०० सम्म सदस्य थप भएमा १ जना महिला अनिवार्य र सोपछि प्रत्येक ५०० मा महिलाको एक तिहाई हुनेगरी १-१ जनाको दरले प्रतिनिधि छनाेट गर्ने ।

– भूगोलका प्रदेश अन्तर्गतका मजदूर पार्टी सदस्य मध्येबाट कम्तिमा ३ महिलासहित ७ जनाका दरले निर्वाचित हुने प्रनितनिधि ।

– भारत, अमेरिका (क्यानडासमेत), युरोप, एशिया प्यासिफिक, खाडी र ओसियाना प्रत्येकका पार्टी सदस्यहरुबाट कम्तिमा २ महिलासहित ५ जनाका दरले निर्वाचित हुने ३० जना प्रतिनिधि ।

– पार्टीका केन्द्रीय विभाग र केन्द्रीय कार्यालयअन्तर्गतका पार्टी सदस्यहरुबाट निर्वाचित हुने कम्तिमा २ महिलासहित ५ जना प्रतिनिधि । विभागका सचिव र सदस्यहरु विभाग र केन्द्रीय कार्यालय वा आफ्नो पार्टी सदस्यता कायम रहेको मध्ये कुनै एक स्थानबाट उम्मेदवार बन्न सक्ने ।

एमालेले आफ्ना २२ वटा जनसंगठनलाई पनि प्रत्येक संगठनबाट २ जना महिलासहित ५ जनाका दरले प्रतिनिधि छनौट गर्न भनेको छ ।

हेर्नुहोस अपानी

प्रतिक्रिया