प्रधानन्यायाधीश राणाको बहिर्गमनबारे छलफल गर्न न्यायाधीशहरू बैठकमा

काठमाडौँ । प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै विरोध गर्दै आएका न्यायाधीशहरू छलफलमा बसेका छन् । न्यायालय सुधारको माग गर्दै विगत ८ दिनदेखि बेञ्च बहिष्कार गरिरहेका उनीहरू सोमबार आन्तरिक छलफलमा जुटेका हुन् ।
आज बिहान साढे ११ बजेदेखि न्यायाधीशहरु छलफलमा बसेका छन् । आइतबार प्रधानन्यायाधीश राणाले आफूले सम्मानजनक बहिर्गमन चाहेको प्रस्ताव गरेसँगै न्यायाधीशहरू छलफलमा जुटेका हुन् ।
प्रधानन्यायाधीशको प्रस्तावसँगै न्यायाधीशहरूले वार्ताका लागि ३ जना न्यायाधीशको एक समूह बनाएको थियो । न्यायाधीशहरुको समूहले अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशले खोजेको सम्मानजनक बहिर्गमनको बाटोका बारेमा छलफल गर्न पठाएको हो ।
उनीहरूले आइतबार दिउँसो साढे ४ बजे प्रधानन्यायाधीशसँग भेट गरी छलफल गरेका थिए । सोही छलफलका क्रममा प्रधानन्यायाधीशको भनाईबारे जानकारी दिन न्यायाधीशहरु आन्तरिक छलफलमा बसेका हुन् ।

















विद्यार्थीसँग एमाले अध्यक्ष ओली
झापामा चैते धान रोपाइँ सुरु
स्याङ्जाका ८ पालिकामा आज सार्वजनिक बिदा
आईसीसी टी–२० विश्वकप : आज सेमिफाइनल पुगिसकेको इंग्ल्यान्ड र संघर्षमा रहेको न्युजिल्यान्ड भिड्दै
यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
क्रिकेटर करण केसीले गरे बिहे
साम्बाले भनिन् – उपचारखर्च जुटिसक्यो, सहयोग रोक्नुस्
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
प्रतिक्रिया