धनगढीबाट पौने ९ लाख रुपैयाँसहित ३ जना पक्राउ

कैलाली । धनगढीमा स्रोत नखुलेको पौने ९ लाख नगदसहित ३ जना पक्राउ परेका छन् । बझाङको मष्टा गाउपालिका १ कोटदेबल बस्ने २२ वर्षीय मुकेश खड्का, १८ वर्षीय किरण खड्का र २४ वर्षीय नारायण खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ८ लाख ६९ हजार नेपाली रुपैयाँ र तीन हजार दुई सय भारतीय रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए । ‘गोप्य सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई धनगढी उपमहानगरपालिका ४ स्थित होटल अमन प्लाजाबाट पक्राउ गरेको हो,’ बिष्टले भने ।
जाँच गर्दा उनीहरुको साथबाट स्रोत नखुलेको रकमसहित सुन जस्तो देखिने ३४.३६० ग्राम गरगहना र ७३७.८७ ग्राम चाँदी जस्तो धातुका विभिन्न गहना र समान बरामद गरिएको बिष्टले बताए । उनीहरुलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाएको छ ।















नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबलाई
रातो मच्छिन्द्रनाथको रथारोहण भोलि
पोखरामा शनिबारदेखि राष्ट्रिय जुनियर टेनिस सुरु हुँदै
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
प्रतिक्रिया