धनगढीबाट पौने ९ लाख रुपैयाँसहित ३ जना पक्राउ

कैलाली । धनगढीमा स्रोत नखुलेको पौने ९ लाख नगदसहित ३ जना पक्राउ परेका छन् । बझाङको मष्टा गाउपालिका १ कोटदेबल बस्ने २२ वर्षीय मुकेश खड्का, १८ वर्षीय किरण खड्का र २४ वर्षीय नारायण खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ८ लाख ६९ हजार नेपाली रुपैयाँ र तीन हजार दुई सय भारतीय रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए । ‘गोप्य सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई धनगढी उपमहानगरपालिका ४ स्थित होटल अमन प्लाजाबाट पक्राउ गरेको हो,’ बिष्टले भने ।
जाँच गर्दा उनीहरुको साथबाट स्रोत नखुलेको रकमसहित सुन जस्तो देखिने ३४.३६० ग्राम गरगहना र ७३७.८७ ग्राम चाँदी जस्तो धातुका विभिन्न गहना र समान बरामद गरिएको बिष्टले बताए । उनीहरुलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाएको छ ।












कोठामा निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस
Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
युक्रेनी ड्रोन आक्रमणबाट रुसमा २४ जनाको मृत्यु
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
प्रतिक्रिया