बन्द हुने भो ‘मुन्द्रेको कमेडी क्लब’
‘फुलन्देकी आमा’ अर्को रियालिटी शोको होेस्ट
मेरोन्यूज
२०७८ कार्तिक १५ गते १८:४३

काठमाडौं । हाँस्य कलाकार जितु नेपालले सञ्चालन गर्दै आएको रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’को प्रशारण बन्द हुने भएको छ ।
डेढ वर्ष भन्दा लामो समयदेखि नेपाल टेलिभिजनमा प्रशारण हुँदै आएको ‘मुन्द्रेको कमेडी क्लब’ आउँदो साता प्रशारण भएपछि बन्द हुने सञ्चालक जितु नेपालले जानकारी दिएका छन् ।
जितुले यो ‘शो’ बन्द भएपछि आफूले केही समय विश्राम लिने र नयाँ ‘शो’ दर्शकमाझ ल्याउने बताएका छन् ।
यो शोमा निक्कै नै लोकप्रिय भएका कलाकार उमेश राई ‘फुलन्देकी आमा’ अर्को एक रियालिटी शोको होेस्ट बन्ने पक्का भएसँगै जितुले यो शो बन्द गर्ने निर्णय गरेका हुन् ।
‘मुन्द्रेको कमेडी क्लब’लाई प्रायोजन गर्दै आएको कि एड्भरटाइजिङले पनि कलाकार जितुको प्रस्तावमा सहमति जनाएपछि अर्को सातादेखि बन्द हुने भएको हो ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया