हरि अभिनव विद्वत् प्रतिभा पुरस्कार पुडासैनी र एसपी आशालाई
मेरोन्यूज
२०७८ कार्तिक १६ गते ११:५०
काठमाडौँ । यस वर्षको हरि अभिनव विद्वत् प्रतिभा पुरस्कार वरिष्ठ कवि कञ्चन पुडासैनी र उपन्यासकार श्रीप्रसाद घिमिरे ‘एसपी आशा’ लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।
ज्योतिष हरिप्रसाद घिमिरेका नाममा उनका सुपुत्र एवं अभिनव साहित्य समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले स्थापना गरेको पुरस्कार विसं २०६५ देखि प्रदान गर्न थालिएको हो । नगद १५ हजारसहित, दोसल्ला र अभिनन्दन पत्रले दुवै साहित्यकारलाई सम्मान गरिने समाजका अध्यक्ष घिमिरेले जानकारी दिए ।
पुरस्कार क्यान्सर रोगले पीडित एसपी आशालाई उनको निवासमा अर्पण गरिने र वरिष्ठ कवि पुडासैनीलाई यही कात्तिक २७ गते समाजले जोरपाटीमा आयोजना गर्ने विशेष कवि गोष्ठीमा वितरण गरिने छ । रासस
सम्बन्धित













चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल
मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु
कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै
तरकारीकाे मूल्य : सुन्तला प्रतिकिलो रु १४०,स्याउ (झोले) प्रतिकिलो रु २८०
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
प्रतिक्रिया