यामाहा ’एफजेडएस भी–३ एक्स कनेक्ट’ सार्वजनिक

काठमाडौँ । यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले एफजेड यामाहाको एफजेडएसको नयाँ भर्सन तिहारलाई निहुँ पार्दै मंगलबार सार्वजनिक गरेको छ । कम्पनीले एफजेडएस भी–३ एक्स कनेक्ट मोडल सार्वजनिक गरेको हो ।
यामाहाको एफजेड सिरिजका मोटसाइकलको बिक्री उल्लेख्य रुपमा बढेको छ । त्यसैको परिणाम सोरुप कम्पनीले एफजेडएस भी–३ को नयाँ भर्सन नेपाल ल्याएको हो । यो मोटरसाइकल बीएस–६ इन्जिनयुक्त छ ।
कम्पनीका अनुसार यो मोटरसाइकलमा ब्लुटुथ फिचर कनेक्ट गरी विभिन्न सुविधा लिन सकिन्छ । मोटरसाइकलमा भएको ‘इ–लक’ प्रविधिले तपाईंले इ–लक प्याट्रन राख्नुभएको छ भने कसैले मोटरसाइकलको चाबीले मात्र मोटरसाइकल चलाउन सक्दैन । यसले मोटरसाइकल चोरी हुनबाट बचाउँ दाबी कम्पनीले गरेको छ ।
‘लोकेट माइ बाइक’ ब्लुटुथको अर्काे सुविधा छ । यो सुविधा मोबाइल एपमा क्लिक गरेमा मोटरसाइकलको इन्डिकेटर १० सेकेन्डम्म लगातार बल्ने छ । विशेषगरी यो विशेषताले चालकलाई भिड/पार्किङमा रहेको आफ्नो मोटरसाइकल सजिलै चिनाउन मद्दत गर्छ ।
त्यसैगरी एफजेडएस भी–३ एफआईयुक्त नयाँ मोटरसाइकलमा ‘राइडिङ हिस्ट्री’ अर्को हेर्न सकिने सुविधा छ । यो विशेषता मार्फत आफूले गरेको हरेक यात्राको विवरण अभिलेख गर्न र हेर्न सकिन्छ ।
यसमा भएको पार्किङ रेकर्ड सुविधाले मोटरसाइकल धनीले आफू रहेको स्थानबाट पार्किङ स्थानको नक्सा समेत पाउन सकिने छ । सडकको सम्भावित दुर्घटना र खतराका बारेमा जानकारी गराउने विशेष सुविधा ‘हजार्ड’ यो मोटरसाइकलमा उपलब्ध रहेको छ ।
यो मोटरसाइकलको तौल १ सय ३५ केजीमात्र तौल रहेको छ । कम्पनीले नयाँ भर्सनमा साइड स्ट्यान्ड हटाएको छ । यो मोटरसाइकलको बजार मूल्य ३ लाख ७९ हजार ९ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
















HoR elections: Nepal-India border closed for 72 hours since last midnight
कास्कीका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री
Two days left to go for HoR polls: EC directs monitoring officers to implement code of conducts
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
प्रतिक्रिया