आईपीओको रिजल्ट बाँडफाँड भएको एक घन्टाभित्र हेर्न सकिने

काठमाण्डौँ । अब कुनै पनि कम्पनीको आईपीओ बाँडफाँड भएको एक घन्टाभित्रै अन्तिम नतिजा हेर्न सकिने भएको छ ।
सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले प्रणालीमा सुधार गर्दै अब कुनै पनि कम्पनीको आईपीओ बाँडफाँड भएको एक घन्टाभित्रै अन्तिम नतिजा सार्वजनिक गर्न थालिएको जानकारी दिए ।
उनले भने ‘आजको सामलिङ्ग पावर कम्पनीको आईपीओको नतिजा पनि बाँडफाँड भएको एक घन्टाभित्रै सार्वजनिक गर्न सफल भएका छौँ’, । प्रवक्ता न्यौपानेले यसअघिको मध्य भोटेकोशी जलविद्युतको आईपीओ पनि एक घन्टाभित्रै सार्वजनिक गरिएको दाबी गरे ।
अब आईपीओको अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धकका रुपमा रहने क्यापिटलहरुले समयमै सीडीएससीलाई डाटा उपलब्ध गराएको खण्डमा एक घन्टाभित्रै लगानीकर्ताहरुले हेर्न पाउने उनले बताए ।
प्रवक्ता न्यौपानेले सीडीएससीको सिस्टम स्तरोन्नति गरिएपछि मेरो सेयरमा लामो समयदेखि खासै समस्या नदेखिएको उल्लेख गरे । पछिल्लो समय सीडीएससीले आफ्नो प्रणालीलाई स्तरोन्नति गर्दै लगेको छ । केही सयमअघि सीडीएससीले आईपीओको रिजल्ट हेर्न छुट्टै व्यवस्था गरिसकेको छ ।









प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेवलाई फर्काउन सर्वोच्चको आदेश
पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय
सुडानको पूर्वप्राथमिक विद्यालय र अस्पतालमा भएका आक्रमणमा ६३ बालबालिकासहित ११४ जनाको मृत्यु
सबै क्षेत्रको विकासका लागि भरपर्दो उत्तर-दक्षिण राजमार्ग आवश्यक छः अर्थमन्त्री खनाल
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
एनपिएल : आज दुई खेल हुँदै
आज २०८२ साल मंसिर २० गते शनिबारको राशिफल
प्रतिक्रिया