आईपीओको रिजल्ट बाँडफाँड भएको एक घन्टाभित्र हेर्न सकिने

काठमाण्डौँ । अब कुनै पनि कम्पनीको आईपीओ बाँडफाँड भएको एक घन्टाभित्रै अन्तिम नतिजा हेर्न सकिने भएको छ ।
सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले प्रणालीमा सुधार गर्दै अब कुनै पनि कम्पनीको आईपीओ बाँडफाँड भएको एक घन्टाभित्रै अन्तिम नतिजा सार्वजनिक गर्न थालिएको जानकारी दिए ।
उनले भने ‘आजको सामलिङ्ग पावर कम्पनीको आईपीओको नतिजा पनि बाँडफाँड भएको एक घन्टाभित्रै सार्वजनिक गर्न सफल भएका छौँ’, । प्रवक्ता न्यौपानेले यसअघिको मध्य भोटेकोशी जलविद्युतको आईपीओ पनि एक घन्टाभित्रै सार्वजनिक गरिएको दाबी गरे ।
अब आईपीओको अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धकका रुपमा रहने क्यापिटलहरुले समयमै सीडीएससीलाई डाटा उपलब्ध गराएको खण्डमा एक घन्टाभित्रै लगानीकर्ताहरुले हेर्न पाउने उनले बताए ।
प्रवक्ता न्यौपानेले सीडीएससीको सिस्टम स्तरोन्नति गरिएपछि मेरो सेयरमा लामो समयदेखि खासै समस्या नदेखिएको उल्लेख गरे । पछिल्लो समय सीडीएससीले आफ्नो प्रणालीलाई स्तरोन्नति गर्दै लगेको छ । केही सयमअघि सीडीएससीले आईपीओको रिजल्ट हेर्न छुट्टै व्यवस्था गरिसकेको छ ।















हर्क साम्पाङ र सुदन किरातीबिच एकताको सहमति
यस्तो छ आज कृषिउपजको मूल्य
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
ट्रम्पले भने – इरानी आक्रमणबीच तीन अमेरिकी युद्धपोतले सफलतापूर्वक होर्मुज जलमार्ग पार गरे
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया