प्रदेश १ मा राई नेतृत्वको ६ सदस्यीय मन्त्रिपरिषद् बन्यो

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले ६ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।
राईले मुख्यमन्त्रीको शपथ लिए लगत्तै सानो आकारको मन्त्रि मण्डाल गठन गरिएको हो । मुख्यमन्त्री राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मंगलबार दिउसो पद तथा गोपनीयताको शपथ दिलाएका थिए ।
राईको सपथपछि प्रदेश प्रमुख सोमनाथ अधिकारीले चार मन्त्रीलाई शपथ गराएका हुन् । मुख्यमन्त्री राईले राज्यमन्त्रीलाई सपथ गराएका थिए ।
गठबन्धनका तर्फबाट काँग्रेसबाट २ जना, माओवादी केन्द्रबाट १ जना, जसपाबाट १ जना मन्त्री र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चवाट १ जना राज्यमन्त्रीसहित मुख्यमन्त्री राईले शपथ लिएका छन् ।
काँग्रेसबाट केदार कार्की आन्तरिक मामिला तथा कानुनमन्त्री र हिमाल कार्की भौतिक पूर्वाधार मन्त्री, माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजनामन्त्री र जसपाबाट जयराम यादव सामाजिक विकास मन्त्री नियुक्त भएका छन् ।
यस्तै, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णुमाया तुम्बाहाङ्फे सामाजिक विकास राज्यमन्त्री नियुक्त भएकी छन् ।
नेकपा (एकीकृत समाजवादी) का प्रदेश १ का संसदीय दलका नेता राई मंगलबार नै मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । राईलाई प्रदेश प्रमुख प्यासीले आजै मंगलबार मात्र नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
प्रदेश १ मा भीम आचार्यले मुख्यमन्त्री पदवाट दिएको राजीनामा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले स्वीकृत गरी मुख्यमन्त्री पदमा दावी पेश गर्न मंगलबार दिउँसो १ बजेसम्म आह्वान गरेका थिए । राईले भने सोमवार नै मुख्यमन्त्री पदमा दाबी पेश गरेका थिए ।










सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा : प्रधानमन्त्री कार्की
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
युके पठाउने भन्दै ५२ लाख ठगी गर्ने एक जना पक्राउ
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
‘पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया