प्रदेश १ मा राई नेतृत्वको ६ सदस्यीय मन्त्रिपरिषद् बन्यो

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले ६ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।
राईले मुख्यमन्त्रीको शपथ लिए लगत्तै सानो आकारको मन्त्रि मण्डाल गठन गरिएको हो । मुख्यमन्त्री राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मंगलबार दिउसो पद तथा गोपनीयताको शपथ दिलाएका थिए ।
राईको सपथपछि प्रदेश प्रमुख सोमनाथ अधिकारीले चार मन्त्रीलाई शपथ गराएका हुन् । मुख्यमन्त्री राईले राज्यमन्त्रीलाई सपथ गराएका थिए ।
गठबन्धनका तर्फबाट काँग्रेसबाट २ जना, माओवादी केन्द्रबाट १ जना, जसपाबाट १ जना मन्त्री र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चवाट १ जना राज्यमन्त्रीसहित मुख्यमन्त्री राईले शपथ लिएका छन् ।
काँग्रेसबाट केदार कार्की आन्तरिक मामिला तथा कानुनमन्त्री र हिमाल कार्की भौतिक पूर्वाधार मन्त्री, माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजनामन्त्री र जसपाबाट जयराम यादव सामाजिक विकास मन्त्री नियुक्त भएका छन् ।
यस्तै, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णुमाया तुम्बाहाङ्फे सामाजिक विकास राज्यमन्त्री नियुक्त भएकी छन् ।
नेकपा (एकीकृत समाजवादी) का प्रदेश १ का संसदीय दलका नेता राई मंगलबार नै मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । राईलाई प्रदेश प्रमुख प्यासीले आजै मंगलबार मात्र नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
प्रदेश १ मा भीम आचार्यले मुख्यमन्त्री पदवाट दिएको राजीनामा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले स्वीकृत गरी मुख्यमन्त्री पदमा दावी पेश गर्न मंगलबार दिउँसो १ बजेसम्म आह्वान गरेका थिए । राईले भने सोमवार नै मुख्यमन्त्री पदमा दाबी पेश गरेका थिए ।

















मौसम पूर्वानुमान : कस्ताे रहला आज देशभरकाे माैसम ?
चैत ४ गते बुधबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
प्रतिक्रिया