बुधबार, पुष २, २०८२

माधव नेपालले भने– ‘नो अर्ली इलेक्सन’

तीन तहकै निर्वाचन एकै पटक गरिने

मेरोन्यूज २०७८ कार्तिक १६ गते २०:०८

रौतहट । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अर्ली इलेक्सन हुने कुनै सम्भावना नरहेको बताएका छन् ।

केपी ओलीप्रति संकेत गर्दै कसैकसैले चाहेजस्तो अर्ली इलेक्सनको सम्भावना नरहेको उनले बताए ।

मंगलबार गृहजिल्ला रौतहटको चन्द्रनिगाहापुरमा स्थानीय सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता नेपालले राष्ट्रलाई व्ययभार हुन नदिन तीन वटै तहको निर्वाचन एकैचोटी गर्ने विषयमा सत्तारुढ दल भित्र छलफल भइरहेको जानकारी दिए ।

सोमवार मात्रै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि तीनै तहको निर्वाचनकाबारेमा विभिन्न मोडालिटीमा छलफल भइरहेको बताएका थिए ।

प्रतिक्रिया