गठबन्धनको आलोपालोः जीवनबहादुर शाही भए मुख्यमन्त्री

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्रीबाट महेन्द्रबहादुर शाहीले सोमवार राजीनामा दिएका थिए । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएकै दिन कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले पनि राजीनामाको घोषणा गरेका थिए ।
तर दुवैको राजीनामा एउटै कारणले भने थिएन । प्रदेश १ बाट आचार्यले आफू अल्पमतमा परेर विश्वासको मत पाउन नसक्ने भएपछि राजीनामा दिएका थिए भने महेन्द्र शाहीले गठबन्धनको आलोपालो नेतृत्व लिने पूर्व सहमतिअनुसार पद त्यागेका थिए ।
२०७४ फागुन ३ गते मुख्यमन्त्री नियुक्त भएका महेन्द्र शाहीले गत वैशाख ३ गते विश्वासको मत लिने क्रममा सत्ता सहकार्यका लागि कांग्रेससँग सौदावाजी गरेका थिए ।
प्रदेश १ बाट आचार्यको राजीनामापछि मंगलबार नै पाँच दलीय गठबन्धनबाटै माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रकुमार राई मुख्यमन्त्री भए । मुख्यमन्त्री भए लगत्तै उनले मंगलबार नै ६ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।
यता, कर्णाली प्रदेशमा भने त्यही पाँच दलीय गठबन्धनबाटै नेपाली कांग्रेसका सांसद जीवनबहादुर शाही मुख्यमन्त्री बनेका छन् ।
कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले महेन्द्रबहादुरको राजीनामापछि मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई २४ घण्टाको समयसीमा दिएका थिए ।
गठबन्धनको पूर्ववत सहमतिअनुसार नै कांग्रेसका जीवनबहादुर शाहीले मुख्यमन्त्रीमा दाबी पेश गरे ।
३५ जना प्रदेशसभा सदस्य रहेको कर्णाली प्रदेशमा उनले माओवादी केन्द्रबाट १२ जना, कांग्रेसबाट ६ जना, एकीकृत समाजवादीबाट ३ जना गरेर २१ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीको दाबी पेश गरेका थिए ।
कर्णालीमा कांग्रेसका प्रभावशाली नेताको रुपमा चिनिने शाही पछिल्लो पटक हुम्लाबाट सांसद् बनेका थिए । शाही कर्णाली प्रदेशसभामा कांग्रेसको तर्फबाट एक मात्र प्रत्यक्ष निर्वाचित सांसद् हुन् ।
शाही यसअघि २०७३ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका थिए ।
















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Protected: यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर: डलरको मुल्य घट्यो
कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छः सभापति थापा
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको गृहमन्त्री गुरुङको दावी
प्रतिक्रिया