गठबन्धनको आलोपालोः जीवनबहादुर शाही भए मुख्यमन्त्री

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्रीबाट महेन्द्रबहादुर शाहीले सोमवार राजीनामा दिएका थिए । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएकै दिन कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले पनि राजीनामाको घोषणा गरेका थिए ।
तर दुवैको राजीनामा एउटै कारणले भने थिएन । प्रदेश १ बाट आचार्यले आफू अल्पमतमा परेर विश्वासको मत पाउन नसक्ने भएपछि राजीनामा दिएका थिए भने महेन्द्र शाहीले गठबन्धनको आलोपालो नेतृत्व लिने पूर्व सहमतिअनुसार पद त्यागेका थिए ।
२०७४ फागुन ३ गते मुख्यमन्त्री नियुक्त भएका महेन्द्र शाहीले गत वैशाख ३ गते विश्वासको मत लिने क्रममा सत्ता सहकार्यका लागि कांग्रेससँग सौदावाजी गरेका थिए ।
प्रदेश १ बाट आचार्यको राजीनामापछि मंगलबार नै पाँच दलीय गठबन्धनबाटै माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रकुमार राई मुख्यमन्त्री भए । मुख्यमन्त्री भए लगत्तै उनले मंगलबार नै ६ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।
यता, कर्णाली प्रदेशमा भने त्यही पाँच दलीय गठबन्धनबाटै नेपाली कांग्रेसका सांसद जीवनबहादुर शाही मुख्यमन्त्री बनेका छन् ।
कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले महेन्द्रबहादुरको राजीनामापछि मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई २४ घण्टाको समयसीमा दिएका थिए ।
गठबन्धनको पूर्ववत सहमतिअनुसार नै कांग्रेसका जीवनबहादुर शाहीले मुख्यमन्त्रीमा दाबी पेश गरे ।
३५ जना प्रदेशसभा सदस्य रहेको कर्णाली प्रदेशमा उनले माओवादी केन्द्रबाट १२ जना, कांग्रेसबाट ६ जना, एकीकृत समाजवादीबाट ३ जना गरेर २१ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीको दाबी पेश गरेका थिए ।
कर्णालीमा कांग्रेसका प्रभावशाली नेताको रुपमा चिनिने शाही पछिल्लो पटक हुम्लाबाट सांसद् बनेका थिए । शाही कर्णाली प्रदेशसभामा कांग्रेसको तर्फबाट एक मात्र प्रत्यक्ष निर्वाचित सांसद् हुन् ।
शाही यसअघि २०७३ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका थिए ।










राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा ताेकिए मतदान केन्द्र
त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड
गोरखामा माछा मार्न गएका एक पुरुष मृत फेला
नेपाल अफगानिस्तानसँग पराजित
प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
प्रतिक्रिया