अभिनेता राजेश हमालले स्वर दिएको पहिलो म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । अभिनेता राजेश हमाल आफैंले स्वर दिएको म्युजिक भिडियो सार्वजनिक भएको छ । बुधबार काठमाडौँमा एक कार्यक्रमका बीच अभिनेता हमाल आफैले स्वर दिएको र आफ्नै अभियन रहेको ‘मन बूढो भएन’ नामक पहिलो म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
दीपक शर्माको गीत तथा संगीत तथा देवेन्द्र पाँण्डको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा अभिनेता हमालसँगै एलिना चौहान, सुवास पुरी र बेनिशा पौडेलको पनि स्वर छ । कार्यक्रममा बोल्दै अभिनेता हमालले आफैले स्वर दिएको पहिलो म्युजिक भिडियो सार्वजनिक भएकोमा खुसी लागेको प्रतिक्रिया दिए । उनले आफू पाँच कक्षासम्म पढदा गीत गाउने गरेको स्मरण गराउँदै आफूलाई गायक बनाउन सहयोग गर्नु भएको भन्दै गीतकार शर्मा र निर्देशक पाण्डेप्रति आभार व्यक्त गरे ।
यता, हमालसँगै अभिनय गरेकी रेश्मा घिमिरेले राजेश हमालसँग अभिनय गर्न पाउनु आफ्नो लागि भाग्यको विषय भएको प्रतिक्रिया दिइन् । उनले सो अवसर प्रदान गरेकोमा म्युजिक भिडियोका निर्देशक पाण्डेसहितको टिमलाई पनि धन्यवाद दिए । भिडियोमा अभिनेता हमाल र अभिनेत्री घिमिरेको जोडि जमेको देख्न सकिन्छ ।














हप्तामा १० घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन
शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति
कर छुटको सुविधा चैत मसान्तसम्म
निर्वाचन आयोग पुग्यो सभापति गगन थापाको टोली
यस्ता छन् गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
प्रतिक्रिया