अभिनेता राजेश हमालले स्वर दिएको पहिलो म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । अभिनेता राजेश हमाल आफैंले स्वर दिएको म्युजिक भिडियो सार्वजनिक भएको छ । बुधबार काठमाडौँमा एक कार्यक्रमका बीच अभिनेता हमाल आफैले स्वर दिएको र आफ्नै अभियन रहेको ‘मन बूढो भएन’ नामक पहिलो म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
दीपक शर्माको गीत तथा संगीत तथा देवेन्द्र पाँण्डको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा अभिनेता हमालसँगै एलिना चौहान, सुवास पुरी र बेनिशा पौडेलको पनि स्वर छ । कार्यक्रममा बोल्दै अभिनेता हमालले आफैले स्वर दिएको पहिलो म्युजिक भिडियो सार्वजनिक भएकोमा खुसी लागेको प्रतिक्रिया दिए । उनले आफू पाँच कक्षासम्म पढदा गीत गाउने गरेको स्मरण गराउँदै आफूलाई गायक बनाउन सहयोग गर्नु भएको भन्दै गीतकार शर्मा र निर्देशक पाण्डेप्रति आभार व्यक्त गरे ।
यता, हमालसँगै अभिनय गरेकी रेश्मा घिमिरेले राजेश हमालसँग अभिनय गर्न पाउनु आफ्नो लागि भाग्यको विषय भएको प्रतिक्रिया दिइन् । उनले सो अवसर प्रदान गरेकोमा म्युजिक भिडियोका निर्देशक पाण्डेसहितको टिमलाई पनि धन्यवाद दिए । भिडियोमा अभिनेता हमाल र अभिनेत्री घिमिरेको जोडि जमेको देख्न सकिन्छ ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया