माधव नेपालले भने- आफूहरुसँग टक्कर लिन खोज्नेहरु समाप्त हुन्छन्

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुसँग टक्कर लिन खोज्नेहरु समाप्त हुने बताएका छन् । मध्यपुर थिमि नगर कमिटीको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरुसँग टक्कर लिन खोज्दा कर्णाली प्रदेशमा नेकपा एमाले उठ्नै नसक्ने हालतमा पुगेको बताए ।
उनले विभिन्न प्रदेशमा एकीकृत समाजवादीको नेतृत्वमा सरकार बनेको भन्दै कर्णाली प्रदेशमा एमाले उठ्नै नसक्ने अवस्थामा पुगेको बताए । उनले भने, ‘सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी सबैभन्दा ठूलो पार्टी बनेको छ । प्रदेश दुईमा एमालेभन्दा धेरै अगाडि रहेका छौँ । कर्णाली प्रदेशमा हामीले टक्कर दिएर एमालेको हालत खतम छ । एक नम्बर प्रदेश र बागमती प्रदेशमा एकीकृत समाजवादी पार्टीको मुख्यमन्त्री बनेको छ । त्यसैले हामीसँग टक्कर लिन खोज्नेहरु समाप्त हुन्छन् ।’
यस्तै अध्यक्ष नेपालले प्रतिनिधि सभाको निर्वाचन आफ्नै समयमा हुने बताए । नेपालले निर्वाचन आफ्नै समयमा हुने भन्दै चाँडै चुनाव हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गरे । उनले आगामी चुनावमा पाँच दलको गठबन्धन बलियो हुने दाबी गरे । उनले पाँच दलीय गठबन्धन कसैले भत्काउन नसक्ने बताए ।
















छुरा प्रहारबाट घाइते भएका दुई युवकको मृत्यु
भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ
फोहरलाई वर्गीकरण गरेर राख्न टीकापुर नगरपालिकाको आग्रह
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
बुटवल–नारायणगढ सडक अवरुद्ध
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको गृहमन्त्री गुरुङको दावी
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया