गैँडाको खाग बेच्न लागेकी महिलासहित २ पक्राउ
काठमाडौँ । संरक्षित वन्यजन्तु गैँडाको खाग (आखेटोपहार) जस्तो देखिने ९ सय ग्राम तौल बराबरको एक थान वस्तुसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँ शुक्लागण्डकी नगरपालिका १० बस्ने ३४ वर्षीया फूलमाया बिक र काठमाडौं तार्केश्वर नगरपालिका ६, धर्मस्थली बस्ने २८ वर्षीय सुसन सुनार रहेका छन् ।
काठमाडौं महानगरपालिका ४ सुकेधारा क्षेत्रमा संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट गैँडाको खाग जस्तो देखिने उक्त वस्तु फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई बरामद सामानसहित आवश्यक कानूनी कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँमा बुझाइने उक्त ब्युरोले जनाएको छ ।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
कांग्रेस केन्द्रीय समितिको म्याद थपियो
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया