गैँडाको खाग बेच्न लागेकी महिलासहित २ पक्राउ
काठमाडौँ । संरक्षित वन्यजन्तु गैँडाको खाग (आखेटोपहार) जस्तो देखिने ९ सय ग्राम तौल बराबरको एक थान वस्तुसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँ शुक्लागण्डकी नगरपालिका १० बस्ने ३४ वर्षीया फूलमाया बिक र काठमाडौं तार्केश्वर नगरपालिका ६, धर्मस्थली बस्ने २८ वर्षीय सुसन सुनार रहेका छन् ।
काठमाडौं महानगरपालिका ४ सुकेधारा क्षेत्रमा संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट गैँडाको खाग जस्तो देखिने उक्त वस्तु फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई बरामद सामानसहित आवश्यक कानूनी कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँमा बुझाइने उक्त ब्युरोले जनाएको छ ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सम्पत्ति छानबिन आयोगले सुरु ग-यो काम
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
प्रतिक्रिया