चिनियाँ हतियारलाई लिएर अमेरिका चिन्तित, रवैया देखाएको आरोप

काठमाडौँ । चीनले आफ्नो न्यूक्लियर फोर्स तीव्र गतिमा विकास गरेको भन्दै अमेरिकाले विरोध जनाएको छ । अमेरिकाको रक्षा विभाग पेन्टागनले एक रिपोर्ट सार्वजनिक गर्दै यस्तो बताएको हो । रिपार्टका अनुसार एक वर्ष पहिले अमेरिकी अधिकारीले जुन अनुमान लगाएका थिए, चीनले त्यसको तुलनामा तीव्र गतिमा आफ्नो परमाणु भण्डार बढाएको हो ।
‘६ वर्षभित्र चिनियाँ परमाणु हतियारको संख्या बढेर ७ सय पुगेको छ, जो सन् २०३० सम्म एक हजारभन्दा बढी हुन सक्दछ, अहिले चीनसँग कति परमाणु हतियार छ भन्ने यकिन छैन,’ अमेरिकी रक्षा विभागले सार्वजनिक गरेको रिपोर्टमा भनिएको छ, ‘तर, एक वर्षपहले पेन्टागनले चीनसँग कम्ति २ सय परमाणु हतियार भएको अनुमान गरेको थियो ।’
यस्तै, चिनियाँ पार्टी पिपुल्स लिबरेशन आर्मीलाई लिएर अमेरिकाले चिन्ता व्यक्त गरेको छ । चिनियाँ सेनाले युद्धका लागि सबै क्षेत्र (हावा, जमिन, समुद्र, अन्तरिक्ष तथा साइबरस्पेस)मा अमेरिकालाई चुनौती दिने देखिएको छ । ताइवानको विषयलाई लिएर चीनले गरेको रवैया भन्दै अमेरिकाले आलोचना गरेको छ ।
रिपोर्टमा चीनको मिसाइल परीक्षणको विषयलाई समेत उल्लेख गरिएको छ । तर, यस रिपोर्टले चीनले तयार पारेको विभिन्न प्रकारको हतियारबारे भने केही जनाएको छैन । एजेन्सी















अब हर्मुज जलमार्गमा इरानले वैधानिक रुपमा शुल्क उठाउन पाउने
आज कुन तरकारि एवम् फलफुलकाे मूल्य कती ?
इरानले अमेरिकासँग राखेको १० बुँदे योजनामा के छ ?
यस्तो छ आज (बुधबार) विदेशी मुद्राको विनिमयदर
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रतिक्रिया