नेपाली फूलको तुलनामा भारतीय फूलको माग बढ्दो

काठमाडौँ । भारतबाट ठूलो परिमाणमा फूल आएपछि नेपाली व्यवसायी मारमा परेका छन् । काठमाडौँको नयाँ सडक क्षेत्रमा देखिएको फूलको व्यापारमा अधिकांश भारतीय फूल देखिएको छ ।
भारतीय फूल प्रतिमाला दुई हजार रुपैयाँसम्म बिक्री हुँदा आएको छ । तर, स्वदेशमा नै उत्पादन भएको फूलको माला पाँच सय रुपैयाँमा समेत बिक्री हुन मुस्किल भएको व्यापारीले गुनासो गरेका छन् ।
काठमाडौँमा लक्ष्मी र गोबर्धन पुजाको दिन सयपत्री, मखमलीलगायत फूलको बिक्री अधिक मात्रामा हुने गरेको छ । कात्तिक पहिलो साता देशभर परेको बेमौसमी वर्षाले मुख्य कृषि बालीसँगै फूल खेतीमा क्षति भएको थियो ।
काठमाडौँ उपत्यकाका वरिपरीका साथै तराईका विभिन्न क्षेत्रमा व्यवसायिक फूलको खेती हुने गरेको छ । फूल बेच्नका लागि काठमाडौँमा छिमेकी जिल्लाहरु नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोकबाट किसान तथा व्यापारी आउने गर्छन ।
यो वर्षको तिहारमा फूलमालाको माग बढ्ने र यसको प्रत्यक्ष लाभ नेपाली किसानले गर्ने अनुमान गरिएको थियो । तर, बेमौसमी वर्षाका कारण नेपाली किसानले लगाएको फूल बारीमै नष्ट भएपछि भारतीय फूलको माग बढेको हो ।
नेपाली बजारमा वार्षिक करिब ३ अर्ब रुपैयाँ बराबरको फूल कारोबार हुँदै आएको छ ।










एमाले महाधिवेशन : उम्मेदवारले नै हालेनन् भोट,कारण यस्ताे
यस्तो छ आजका लागि कृषि उपजको मूल्य
यस्तो छ आजको मौसम पूर्वानुमान
धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कप : नेपालले बंगलादेशलाई दियाे १३१ रनको लक्ष्य
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
प्रतिक्रिया