नेपाली फूलको तुलनामा भारतीय फूलको माग बढ्दो

काठमाडौँ । भारतबाट ठूलो परिमाणमा फूल आएपछि नेपाली व्यवसायी मारमा परेका छन् । काठमाडौँको नयाँ सडक क्षेत्रमा देखिएको फूलको व्यापारमा अधिकांश भारतीय फूल देखिएको छ ।
भारतीय फूल प्रतिमाला दुई हजार रुपैयाँसम्म बिक्री हुँदा आएको छ । तर, स्वदेशमा नै उत्पादन भएको फूलको माला पाँच सय रुपैयाँमा समेत बिक्री हुन मुस्किल भएको व्यापारीले गुनासो गरेका छन् ।
काठमाडौँमा लक्ष्मी र गोबर्धन पुजाको दिन सयपत्री, मखमलीलगायत फूलको बिक्री अधिक मात्रामा हुने गरेको छ । कात्तिक पहिलो साता देशभर परेको बेमौसमी वर्षाले मुख्य कृषि बालीसँगै फूल खेतीमा क्षति भएको थियो ।
काठमाडौँ उपत्यकाका वरिपरीका साथै तराईका विभिन्न क्षेत्रमा व्यवसायिक फूलको खेती हुने गरेको छ । फूल बेच्नका लागि काठमाडौँमा छिमेकी जिल्लाहरु नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोकबाट किसान तथा व्यापारी आउने गर्छन ।
यो वर्षको तिहारमा फूलमालाको माग बढ्ने र यसको प्रत्यक्ष लाभ नेपाली किसानले गर्ने अनुमान गरिएको थियो । तर, बेमौसमी वर्षाका कारण नेपाली किसानले लगाएको फूल बारीमै नष्ट भएपछि भारतीय फूलको माग बढेको हो ।
नेपाली बजारमा वार्षिक करिब ३ अर्ब रुपैयाँ बराबरको फूल कारोबार हुँदै आएको छ ।

















महेन्द्रनगरमा निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
देशभर भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु
हतियारसहित भक्तपुरमा एक जना पक्राउ
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
किमद्वारा छोरीलाइ राइफल उपहार, छोरी फेरि केन्द्रमा
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
प्रतिक्रिया