अफगानिस्तानमा पेट्रोलको मूल्य बढेपछि साइकल प्रयोगकर्ता बढे

काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलमा साइकल प्रयोग गर्नेको संख्यामा वृद्धि भएको छ । पछिल्लो समयमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै साइकलको प्रयोग बढेको हो ।
यसअघि अफगानिस्तानी मूल्यअनुसार ३५ पर्ने प्रतिलिटर पेट्रोलियम पदार्थको मूल्य अहिले ७६ पुगेको अधिकारीले जनाएका छन् । पछिल्लो दुईदेखि तीन महिनामा दोब्बरभन्दा बढी मूल्य वृद्धि भएकाले काबुलवासीले पेट्रोलियम पदार्थको प्रयोग घटाउन साइकलको प्रयोग बढाएका हुन् ।
“पेट्रोलियम पदार्थको मूल्य बढेकाले बस तथा ट्याक्सीको भाडा पनि अत्यन्त धेरै बढेको छ, मैले त्यो मूल्य तीर्न सक्दीन,” स्थानीय अब्दुल क्वाडीरले भने, “गाडी तथा ट्याक्सीको प्रयोग गर्नुको सट्टामा सम्भव भएसम्म साइकल नै प्रयोग गर्ने गरेका छौँ, नजिकै जान त हिँडेर पनि जाने गरेका छौँ ।”
सरकारी अधिकारीले काबुलमा पछिल्लो समयमा पैदल यात्रीको संख्या धेरै देखिएको पनि जानकारी दिएका छन् । “पैदल यात्रीको संख्या बढेकाले पैदल मार्गमा भीडभाड पनि धेरै हुने गरेको छ,” एक सरकारी अधिकारीले भने ।
साइकलको प्रयोग सस्तो हुनुका साथै स्वास्थ्यलाई पनि फाइदा गर्ने र वातावरणलाई पनि फाइदा गर्ने भएकासमेतले साइकल प्रयोगकर्ता बढेको हो । विज्ञ तथा सरकारी अधिकारीले पनि साइकलको प्रयोगका लागि प्रोत्साहन गर्ने गरेको पाइएको छ । केही ढिला हुनेबाहेक साइकलको कुनै बेफाइदा नभएको विज्ञको भनाई छ ।
पेट्रोलियम पदार्थको मूल्यअनुसार भाडा दरसमेत वृद्धि भएपछि ट्याक्सीका प्रयोगकर्ता कम भएको भन्दै ट्याक्सी व्यवसायी चिन्तित भएका छन् । उनीहरुले पहिलाको तुलनामा अहिले ट्याक्सीका ग्राहक निकै कम पाइने गरेकाले कमाई कम हुने गरेको बताए ।

















कतारले उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि
Two youths arrested for looting attempt in Rautahat
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
One dies as tipper knocks him down today; 15 killed in separate road accidents on Monday
Gold price climbs and silver price slides today
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
किमद्वारा छोरीलाइ राइफल उपहार, छोरी फेरि केन्द्रमा
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
प्रतिक्रिया