न्यायालयको समस्या सरकारले समाधान गर्नुपर्छ : नेता सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले न्यायपालिकाको समस्यालाई सरकारले समाधान गर्नुपर्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले न्यायालयमा समस्या देखिएका बेला सरकार र दलहरु चुप बस्न नमिल्ने बताएका हुन् ।
‘‘न्यायालयमा भएको बेथितीमा यो सरकारका नेताहरुले करेक्सन नगरे कसले गर्छ, कसको जिम्मा त रु कसले प्रधानन्यायाधीशले गर्ने ? जो आफैं विवादको केन्द्रबिन्दुमा छ, न्यायालयले मात्रै गर्छ ?’ उनले प्रश्न गरे, ‘यो त सरकारको काम हो, सरकारले गर्नुपर्ने काम नगर्ने ? खाली भाग्दै हिँडेर हुन्छ, समस्या आएपछि समाधान गर्नुपर्छ, यसमा सरकारको ध्यान जान जरुरी छ ।’
नेता सिंहले चाडपर्वको मुखमा पेट्रोलियम पदार्थको मूल्य बढ्नु राम्रो नभएको बताए । नेपालको त्रुटिपूर्ण व्यवस्थापनका कारण पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै नेता सिंहले नेपाली कांग्रेस नेतृत्वको सरकारले भविष्य हेरेर काम गर्नुपर्ने धारणा राखे ।

















भेनेजुएलाका पूर्वराष्ट्रपति मदुरोलाई तत्काल रिहा गर्न संयुक्त राष्ट्रसङ्घमा माग
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
प्रतिक्रिया