प्रधानमन्त्रीको दाबीमा प्रचण्डले गरे खण्डन : एमसीसी संशोधन नगरी पारित हुँदैन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेर बहादुर देउवाको दाबीमाथि खण्डन गरेका छन् । प्रधानमन्त्री देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्नेबारे अमेरिकालाई चिठ्ठी लेखेको दाबी गरेका थिए ।
प्रचण्डले प्रधानमन्त्रीले अमेरिकालाई चिठी दाबी गरे पनि यस्तो नलेखिएको स्पष्ट पारेका छन् । एमसीसी पारित गर्ने भनेर प्रधानमन्त्रीले बोलेको विषयले तरंग आएको भन्दै उनले संशोधन नगरी पारित नहुने बताए ।
देउसी खेल्न प्रचण्ड निवास खुमलटार पुगेका कृष्ण कँडेल नेतृत्वको इन्द्रेणी परिवारसँग कुरा गर्दै प्रचण्डले एमसीसी सम्झौता पहिलेको अवस्थामा सही भए पनि बीचमा थपिएका प्रवाधानले प्रश्न उब्जाएको बताए ।
‘हिजो प्रधानमन्त्री शेरबहादुर जीले एउटा बोलिदिनु भएछ प्रचण्ड जीले र मैले चिठी पठाइसकेका छौँ भनेर, देशैभरि साथीहरुको तरंग पैदा भएको छ’ प्रचण्डले भने, ‘त्यस्तो चिठी पठाएको हैन, पछि प्रधानमन्त्री जीले त्यस्तो भनेको त होइन भनेर आफैंले सच्याउनु भएको छ ।’
प्रचण्डले एमसीसी सम्झौता नसच्याई पारित नहुने बताउँदै आएका छन् । उनले विदेशी सहायता स्वीकार गर्नु स्वभाविकै हुने भएता पनि एमसीसीमाथि उठेको बताए । ‘अमेरिकाले, बेलायतले या दुनियाँको कुनै पनि विकसित देशले दिएको सहयोग नलिने भन्ने हुँदैन, अनुदान सहयोग दिने र लिने कुरा सामान्य कुरा हो तर, यो एमसीसीमा यति धेरै बहस विवाद किन भयो भने पहिलो सुरुमा सहमति हुँदा यो एमसीसी सम्झौता संसदमा लानुपर्ने र संसदबाट अनुमोदन गर्नुपर्ने केही कुरा थिएन,’ उनले भने, ‘अमेरिकाले सहयोग दिने र नेपालले लिने भन्ने मात्रै थियो ।’
सत्ता गठबन्धन दलका नेता प्रचण्डले एमसीसी यथास्थितिमा पारित नहुनेमा बताउँदै भने, ‘यसको समाधान पनि ओरिजिनल सहमतिसँग डराउनु पर्ने कुरा छैन, बीचमा थपिएका कुराले गर्दा नेपालको राष्ट्रिय हितमाथि नै असर पर्ने भन्ने आम जनतालाई लागिसकेपछि यसलाई सम्बोधन नगरिकन यसलाई पारित गर्न सकिँदैन ।’

















अमेरिकामा भीषण हिमपात :५ हजारभन्दा बढी उडान रद्द,६ लाख घरमा विद्युत अवरुद्ध
पश्चिम दाङका विकट स्थानका दुई अतिसंवेदनशील मतदानस्थलको अनुगमन
आईसीसी टी–२०विश्वकपः सुपर आठमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै
मौसम पूर्वानुमान: आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
निर्वाचन नौ दिन बाँकीः निर्वाचनका लागि आचारसंहिता लाग्ने व्यक्ति, समूह संस्थाका बारेमा पुनःस्मरण
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
सम्बोधनअघिको दबाबमा ट्रम्प
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
प्रतिक्रिया