४ महिनापछि नेपाल एयरलाइन्सको नियमित काम सुरु

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को नियमित काम सञ्चालनमा आएको छ । गत चार महिनादेखि निगमले प्रक्रियागत एवम् संस्थागत निर्णय गर्न नसकेको अवस्थामा निगमका कार्यकारी अध्यक्ष नियुक्तिसँगै तत्काल गरिनु पर्ने आवश्यक विषयमा नीतिगत निर्णयसहितको गतिशीलता प्रदान गरेको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।
निगमलाई कम्पनी मोडलमा लैजान लागिएको विरोधमा निगमभित्र कर्मचारी ट्रेड युनियनले १०४ दिनसम्म आन्दोलन गरेका थिए । निगमका महाप्रबन्धक १०२ दिनसम्म कार्यालय पुग्न सकेका थिएनन् । जसको परिणाम स्वरुप निगमको कार्यकारी समितिको बैठक असार २९ गतेदेखि र निगम सञ्चालक समितिको बैठक असार ३१ गतेदेखि बस्न सकेको थिए ।
यही कात्तिक ११ गते सरकारले निगमकै पूर्वनिर्देशक युवराज अधिकारीलाई कार्यकारी अध्यक्ष नियुक्ति गरेको थियो । कार्यकारी अध्यक्ष अधिकारी र संयुक्त ट्रेड युनियनसँगको संवादबाट सृजित सहकार्य पश्चात कात्तिक १४ गते निगमको कार्यकारी समितिको बैठक बसी महत्वपूर्ण निर्णय गरी कार्यान्वयनमा आएको निगमले जनाएको छ ।
त्यस्तै कात्तिक १७ गते सञ्चालक समितिको बैठक बसी सञ्चालक समितिले निगमको लागि तत्काल अति आवश्यक मानिएको विषयमा नीतिगत निर्णयसहितको गतिशिलता प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ । निगमको सञ्चालक समितिको निर्णय निगमको कार्यसञ्चालनका लागि अति आवश्यक हुने र उक्त निर्णयले विभागीय कार्यसञ्चालन जस्ता महत्वपूर्ण विषयसँग प्रत्यक्ष सम्वन्ध राख्ने निगमका प्रवक्ता करिश्मा श्रेष्ठले बताए ।









दुई सय र पाँच सय दरका भारतीय नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने
एमाले महाधिवेशनस्थलः साजसज्जाले चिटिक्क, प्रविधिको उच्चतम प्रयोग
सिद्धार्थ बैंकका ग्राहकलाई द सोल्टी होटेल्स् एन्ड रिसोर्टमा २० प्रतिशतसम्म छुट
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
प्रतिक्रिया