भारतीय अर्बपति मुकेश अम्बानीले लण्डनमा किने घर

काठमाडौँ । भारतीय रिलायन्स इन्डस्ट्रिजका मालिक तथा एसियाका सबैभन्दा धनी व्यापारी मुकेश अम्बानीले बेलायतको राजनधानी लण्डनमा घर किनेका छन् । भारतको मुम्बाईमा बस्दै आएका उनी अब लण्डनमा समेत बस्ने भएका छन् ।
अम्बानीले ९ अर्ब ५० करोड रूपैयाँमा लण्डनमा घर किनेका हुन् । उनले तीन सय एकड क्षेत्रफलमा फैलिएको ४९ कोठा भएको घर किनेको भातरीय समाचारमा जनाइएको छ ।
कोरोना भाइरस (कोभिड १९) महामारीसँगै सुरू भएको लक डाउनसँगै उनले दोस्रो घर बनाउने सोच बनाएका थिए । उनी अहिले मुम्बईको अल्टामाउण्ट रोडस्थित चार लाख वर्ग फिटमा फैलिएको एण्टिलियामा बस्दै आएका थिए ।
समाचारमा जनाइएअनुसार यस वर्षको तिहार उनले लण्डनकै घरमा मनाइरहेका छन् । पछिल्लो केही महिनादेखि उनको परिवार मुम्बईभन्दा बाहिर बढी मात्रामा रहेका थिए ।
ब्लूमबर्ग बिलेनियरको रिपोर्टअनुसार अम्बानी विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा ११ औँ स्थानमा रहेका छन् । उनको कूल सम्पत्ति ९८ अर्ब अमेरिकी डलर रहेको छ ।









मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया