भारतीय अर्बपति मुकेश अम्बानीले लण्डनमा किने घर

काठमाडौँ । भारतीय रिलायन्स इन्डस्ट्रिजका मालिक तथा एसियाका सबैभन्दा धनी व्यापारी मुकेश अम्बानीले बेलायतको राजनधानी लण्डनमा घर किनेका छन् । भारतको मुम्बाईमा बस्दै आएका उनी अब लण्डनमा समेत बस्ने भएका छन् ।
अम्बानीले ९ अर्ब ५० करोड रूपैयाँमा लण्डनमा घर किनेका हुन् । उनले तीन सय एकड क्षेत्रफलमा फैलिएको ४९ कोठा भएको घर किनेको भातरीय समाचारमा जनाइएको छ ।
कोरोना भाइरस (कोभिड १९) महामारीसँगै सुरू भएको लक डाउनसँगै उनले दोस्रो घर बनाउने सोच बनाएका थिए । उनी अहिले मुम्बईको अल्टामाउण्ट रोडस्थित चार लाख वर्ग फिटमा फैलिएको एण्टिलियामा बस्दै आएका थिए ।
समाचारमा जनाइएअनुसार यस वर्षको तिहार उनले लण्डनकै घरमा मनाइरहेका छन् । पछिल्लो केही महिनादेखि उनको परिवार मुम्बईभन्दा बाहिर बढी मात्रामा रहेका थिए ।
ब्लूमबर्ग बिलेनियरको रिपोर्टअनुसार अम्बानी विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा ११ औँ स्थानमा रहेका छन् । उनको कूल सम्पत्ति ९८ अर्ब अमेरिकी डलर रहेको छ ।
















प्रधानमन्त्री बालेनले आज विदेशी राजदूतहरुसँग सामूहिक छलफल गर्दै
आज कुन तरकारि एवम् फलफुलकाे मूल्य कती ?
इरानले अमेरिकासँग राखेको १० बुँदे योजनामा के छ ?
यस्तो छ आज (बुधबार) विदेशी मुद्राको विनिमयदर
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया