घाइते पैदलयात्रीको परिचय नखुल्दा उपचारमा समस्या
तनहुँ । कात्तिक १७ गते बुधबार बिहान साढे ७ बजे बसको ठक्करबाट घाइते भएका पैदलयात्रीको परिचय खुल्न नसक्दा उपचारका लागि समस्या भएको प्रहरीले जनाएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँ व्यास नगरपालिका वडा नं १ तालघरेमा अचेत अवस्थामा भेटिएका ती पुरुषको अहिले पोखरास्थित मणिपाल अस्पतालको आइसियु कक्षमा उपचार भइरहेको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ६ ख ५०३१ नं को बसले पैदल यात्रीलाई ठक्कर दिँदा उनी सख्त घाइते भएका थिए ।
उनी अचेत रहेकाले निजको हालसम्म पनि नामथर खुल्न सकेको छैन । यसका कारण उपचारमा पनि समस्या आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।
अन्दाजी वर्ष ३५–४० को देखिने ती पुरुषको अनुहार र टाउकामा गम्भीर चोट लागेको छ । तिमिल्सेनाले भने, “हामीले आफ्नो क्षेत्रबाट घाइतेका आफन्तजनको खोजी गरिरहेका छौँ तर भेटाउन सकिरहेका छैनौँ ।”
घाइते अवस्थामा सडकमा भेटिएका उनलाई प्रहरीको सहयोगमा तत्काल रत्नहरि अस्पताल दमौलीमा ल्याएर उपचार गराइएकोे थियो । स्वास्थ्य गम्भीर हुदै गएपछि सो अस्पतालमा मात्र उपचार सम्भव नभएकाले उनलाई पोखरा पठाइएको थियो ।

















निर्वाचन शान्तिपूर्ण बनाउन नेपाल–भारत सीमानाकामा सुरक्षा कडाइ
निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह
पूर्वी लेबनानको बालबेकमा इजरायलको आक्रमण, चार जनाको मृत्यु
निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
खामेनीको मृत्युले विश्व तरंगित
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
प्रतिक्रिया