राष्ट्रपति सी र राष्ट्रिय नैतिक आदर्श नायक बीच भेटवार्ता

बेइजिङ । चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले शुक्रबार बेइजिङमा राष्ट्रिय नैतिक आदर्श र मनोनयन पुरस्कार विजेताहरूसँग भेट गरेका छन् ।
उक्त अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी ९सीपीसी० केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सीले बधाइ तथा शुभकामना व्यक्त गर्नुभएको छ। सो अवसरमा विजेताहरूसँगको सङ्क्षिप्त कुराकानी पछि सामूहिक तस्बीर लिइएको थियो ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको स्थायी समितिका सदस्य तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको सचिवालयका सदस्य वाङ हुनिङले बैठकमा भाग लिएर रोल मोडलसहितको गोष्ठीमा सम्भाषण गरेका थिए ।
वाङले नैतिक प्रगतिको प्रवर्द्धनका लागि सीको विचार(विमर्शलाई सम्पूर्ण प्रक्रिया र सबै पक्षहरूमा लागू गरिनुपर्ने कुरामा जोड दिँदै मोडेलहरूले खेलेको नैतिक भूमिका अनुकरणीय रहेको बताएका छन् । सम्भाषणका क्रममा वाङले युवाहरूको बौद्धिक र नैतिक स्तरलाई माथि उठाउनुपर्नेमा जोड दिनुभएको छ ।
उक्त अवसरमा कुल ६८ जना उम्मेदवारलाई राष्ट्रिय नैतिक आदर्शका रूपमा सम्मानित गरिएको र २५४ जनाले मनोनयन पुरस्कार प्राप्त गरेका थिए।










निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
बुद्धशान्तिमा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
शीतलहर सुरु हुनु पहिले नै व्यवस्थापनको पूर्वतयारी
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
ओली हावा कुरा गर्छन्, उनीबाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन् : प्रचण्ड
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो: संयोजक दाहाल
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
प्रतिक्रिया