राष्ट्रपति सी र राष्ट्रिय नैतिक आदर्श नायक बीच भेटवार्ता

बेइजिङ । चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले शुक्रबार बेइजिङमा राष्ट्रिय नैतिक आदर्श र मनोनयन पुरस्कार विजेताहरूसँग भेट गरेका छन् ।
उक्त अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी ९सीपीसी० केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सीले बधाइ तथा शुभकामना व्यक्त गर्नुभएको छ। सो अवसरमा विजेताहरूसँगको सङ्क्षिप्त कुराकानी पछि सामूहिक तस्बीर लिइएको थियो ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको स्थायी समितिका सदस्य तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको सचिवालयका सदस्य वाङ हुनिङले बैठकमा भाग लिएर रोल मोडलसहितको गोष्ठीमा सम्भाषण गरेका थिए ।
वाङले नैतिक प्रगतिको प्रवर्द्धनका लागि सीको विचार(विमर्शलाई सम्पूर्ण प्रक्रिया र सबै पक्षहरूमा लागू गरिनुपर्ने कुरामा जोड दिँदै मोडेलहरूले खेलेको नैतिक भूमिका अनुकरणीय रहेको बताएका छन् । सम्भाषणका क्रममा वाङले युवाहरूको बौद्धिक र नैतिक स्तरलाई माथि उठाउनुपर्नेमा जोड दिनुभएको छ ।
उक्त अवसरमा कुल ६८ जना उम्मेदवारलाई राष्ट्रिय नैतिक आदर्शका रूपमा सम्मानित गरिएको र २५४ जनाले मनोनयन पुरस्कार प्राप्त गरेका थिए।















हर्क साम्पाङ र सुदन किरातीबिच एकताको सहमति
यस्तो छ आज कृषिउपजको मूल्य
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
ट्रम्पले भने – इरानी आक्रमणबीच तीन अमेरिकी युद्धपोतले सफलतापूर्वक होर्मुज जलमार्ग पार गरे
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया