विराटनगरमा एक पुरुषको शव फेला
मेरोन्यूज
२०७८ कार्तिक २० गते १४:४१
काठमाडौँ । विराटनगरमा पहिचान नखुलेको एक पुरुषको शव भेटिएको छ । विराटनगर महानगरपालिका १६ स्थित दरैया मुसहरी वस्ती नजिक खदम खोला किनारमा युवकको शव भेटिएको प्रहरीले जनाएको छ ।
शवको पहिचान खुल्न नसकेको भन्दै प्रहरीले आफन्तलाई सम्पर्क गर्न आग्रह गरेको छ । पहिचानका लागि प्रहरीले मृतकको हुलियासमेत सार्वजनिक गरेको छ ।
कालो रंगको टिसर्ट र कालै रंगको ट्राउजर, गोरो अनुहार, पाँच फिट चार इन्च उचाई, कालो कपाल, घाटीमा गणेशको टाउको भएको खैरो रंगको माला र बायाँ कानमा पहेँलो धातुको कुन्डल लगाएका युवाको शव भेटिएको हो ।
शव पोष्टमार्टम गर्नका लागि कोशी अस्पताल विराटनगरमा राखिएको छ ।
सम्बन्धित















आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया