सवारी कारबाहीबाट एकैदिन डेढ लाख रुपैयाँ संकलन

काठमाडौँ । जिल्ला ट्राफिक कार्यालय तनहुँले ट्राफिक नियमविपरीत सवारी साधन चलाउनेलाई कारबाही गरेको छ । प्रहरीले त्यस्ता सवारी साधनलाई कारबाही गर्दा एकैदिन एक लाख ३५ हजार ५ सय राजश्व संकलन गरेको हो ।
प्रहरीले गत बिहीबार दुई पांग्रे र चार पांग्रे १८२ सवारी साधनलाई कारबाही गर्दा उक्त राजश्व संकलन भएको हो । मदिरा सेवन गरी सवारी चलाइएको पाइएमा हिरासतसम्म राखिने छ । सचेतनामूलक प्लेकार्ड राखेर जाँच गरिएको गर्दा कारबाही पर्नेमा अत्यधिक मात्रामा मोटरसाइकल रहेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख सई डोलेन्द्र हमालले जानकारी दिए ।
साथमा आवश्यक कागजात लिएर यात्रा नगर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने र गाडीको मोडिफाइ गर्ने सवारीलाई कारबाही गर्दा उक्त रकम संकलन भएको उनले बताए । जिल्लाको पृथ्वीराज मार्गअन्तर्गत पूर्वको आँबुखैरेनीदेखि पश्चिमको कोत्रेसम्मको करिब ७२ किलोमिटर क्षेत्रका साथै भित्री सडक मार्गमा सवारी जाँच गरिएको उनले जानकारी दिए ।
कतिपय चालकलाई आउँदा दिनमा गल्ती नदोहोर्याउने शर्तमा एकपटक सम्झाएर छाडिएको जिल्ला ट्राफिक कार्यालय तनहुँले जनाएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय तनहुँको संयुक्त प्रयासमा तनहुँमा पछिल्लो समय सवारी जाँच कार्यलाई कडाई गरिँदै आइएको छ ।
चाडपर्वका समयमा मदिरा सेवन गरी सवारी साधान चलाउनेको संख्या बढ्ने भएकाले जाँच कार्यलाई निरन्तरता दिँदै आइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।















आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया