कोइला खानी विस्फोट हुँदा ६ जनाको मृत्यु
मेरोन्यूज
२०७८ कार्तिक २१ गते १४:२९
काठमाडौँ । काजकिस्तानको औद्योगिक क्षेत्र कारागान्डामा रहेको एक कोइला खानीमा विस्फोट हुँदा ६ जना कामदारको मृत्यु भएको छ । घटनामा दुई जना घाइते भएका छन् ।
घाइतेको अवस्था गम्भीर रहेको कम्पनी र आपतकालीन मन्त्रालयले जानकारी दिएको छ । मध्य एसियाली यस देशमा रहेको सो खानीमा आइतबार बिहान अचानक विस्फोट भएका थियो ।
दुर्घटना भएको अवस्थामा ६४ जना कामदार खानीभित्र रहेका र ५६ जना भने बाहिर निस्कन सफल भएका थिए ।
आपत कालीन मन्त्री युरी इलिनको नेतृत्वमा सरकारी आयोग घटनास्थलमा पठाइएको जनाइएको छ । पूर्व सोभियत देशहरुमा कमजोर सुरक्षा व्यवस्था र पुरानो पूर्वाधारका कारण खानी दुर्घटनाहरू सामान्य जस्तो भएको पाइन्छ ।
सम्बन्धित
















यस्तो छ शनिबार विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभाव: यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरी
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
प्रतिक्रिया