कांगेसले १३ जिल्लामा पठायो निर्वाचन अधिकृत

काठमाडौँ । नेपाली कांग्रेसले वडा अधिवेशन हुन बाँकी जिल्लामा निर्वाचन गराउन निर्वाचन अधिकृत पठाएको छ । कांग्रेसले १३ जिल्लामा निर्वाचन गराउन निर्वाचन अधिकृत तोकेर पठाएको हो ।
प्रदेश २ का ८ जिल्लासहित बाँके, डोल्पा, कैलाली, सुर्खेत र रसुवामा निर्वाचन अधिकृत पठाएको हो । यी जिल्लामा विवादका कारण वडा अधिवेशन हुन सकेको छैन । कांग्रेसले कात्तिक २७ गते बाँकी रहेका १३ जिल्लामा वडा अधिवेशन गर्ने जनाएको छ ।
कांग्रेसले सप्तरीमा डा. रुद्र शर्मा,सिरहामा सन्जीव लामा, धनुषामा अरुण ज्ञवाली, महोत्तरीमा इन्द्र अधिकारी, सर्लाहीमा विनोद कार्की, रौतटहमा दिपकराज गिरी, पर्सामा नरेन्द्र केसी र बारामा ज्ञानेन्द्रप्रसाद अधिकारीलाई निर्वाचन अधिकृत तोकिएको छ । यस्तै कैलालीमा टेकप्रसाद सुवेदी, बाँकेमा रेवतीरमण भट्टराई, सुर्खेतमा मदन रेग्मी, रसुवामा सुमन कुमार केसी र डोल्पामा कुमार श्रेष्ठ निर्वाचन अधिकृत तोकिएका छन् । कांग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर २४ गतेदेखि २६ गतेसम्म तय गरिएको छ ।
















यस्तो छ शनिबार विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभाव: यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरी
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
प्रतिक्रिया