कांगेसले १३ जिल्लामा पठायो निर्वाचन अधिकृत

काठमाडौँ । नेपाली कांग्रेसले वडा अधिवेशन हुन बाँकी जिल्लामा निर्वाचन गराउन निर्वाचन अधिकृत पठाएको छ । कांग्रेसले १३ जिल्लामा निर्वाचन गराउन निर्वाचन अधिकृत तोकेर पठाएको हो ।
प्रदेश २ का ८ जिल्लासहित बाँके, डोल्पा, कैलाली, सुर्खेत र रसुवामा निर्वाचन अधिकृत पठाएको हो । यी जिल्लामा विवादका कारण वडा अधिवेशन हुन सकेको छैन । कांग्रेसले कात्तिक २७ गते बाँकी रहेका १३ जिल्लामा वडा अधिवेशन गर्ने जनाएको छ ।
कांग्रेसले सप्तरीमा डा. रुद्र शर्मा,सिरहामा सन्जीव लामा, धनुषामा अरुण ज्ञवाली, महोत्तरीमा इन्द्र अधिकारी, सर्लाहीमा विनोद कार्की, रौतटहमा दिपकराज गिरी, पर्सामा नरेन्द्र केसी र बारामा ज्ञानेन्द्रप्रसाद अधिकारीलाई निर्वाचन अधिकृत तोकिएको छ । यस्तै कैलालीमा टेकप्रसाद सुवेदी, बाँकेमा रेवतीरमण भट्टराई, सुर्खेतमा मदन रेग्मी, रसुवामा सुमन कुमार केसी र डोल्पामा कुमार श्रेष्ठ निर्वाचन अधिकृत तोकिएका छन् । कांग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर २४ गतेदेखि २६ गतेसम्म तय गरिएको छ ।









काम नगरेका सडकसम्बन्धी २५ रुग्ण ठेक्का तोडियो
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन
एसएसपी विश्व अधिकारी डीआईजी बढुवाका लागि सिफारिस
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
प्रतिक्रिया