शनिबार, मंसिर २९, २०८१

एमाले महाधिवेशन

एमालेको नयाँ नेतृत्वबारे ओलीले कस्तो ल्याउँलान् प्रस्ताव ?

ओलीको प्रस्ताव पर्खंदैं एमाले नेताहरु तैचुप मैचुपको स्थितीमा, कसैले घोषणा गर्न सकेनन् उम्मेदवारी, ओलीको मुख ताक्दै पदाधिकारीका आकांक्षी नेताहरु

मेरोन्यूज २०७८ कार्तिक २२ गते ११:३१

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनवाट नयाँ नेतृत्व चयन हुने भएपनि एमाले नेताहरुले आफनो उम्मेदवारी घोषणा गर्न सकेका छैनन । महाधिवेशनबाट एक कार्यकालका लागि फेरि पनि अध्यक्षमा केपी शर्मा ओली नै दोहोरिने करिव निश्चित जस्तै भएपछि अन्य पदाधिकारीका विषयमा पनि एमाले नेताहरु मुखामुख मात्रै गरेर वसेका छन् । तर आफनो आकांक्षा र उम्मेदवारी अन्य कुनै नेताले पनि औपचारिक रुपमा घोषणा गर्न सकेका छैनन ।

Advertisement

आकाक्षी नेताहरु अध्यक्ष ओलीले अवको पार्टीको पदाधिकारी देखि स्थायी समिति सदस्यसम्मको ठोस प्रस्ताव कस्तो ल्याउँछन् ? त्यसको प्रतिक्षा गरेर वसेका छन् ।

एमालेको दशौं महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा हुदैछ । महाधिवेशन प्रतिनिधीका लागि अध्यक्ष ओलीले कुन क्षेत्रवाट कसरी प्रतिनिधि छनौट गर्ने भन्ने विधि सहितको अन्तरपार्टी निर्देशिका पार्टी पङक्तिलाई कात्तिक २१ मा सर्कुलर गरिसकेका छन् ।

२७ कात्तिकमा एकैपटक देशैभरवाट महाधिवेशन प्रतिनिधी चयन गर्ने तयारी एमालेको छ । एमाले महाधिवेशनमा कुल १ हजार ९ सय ९९ प्रतिनिधी देशभरवाट सहभागी गराउने एमालेले संख्या टुंग्गो लगाईसकेको छ ।

एमालेको विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्था अनुसार दसौं महाधिवेशनले अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, ४ जना उपाध्यक्ष, महासचिव एक , उपमहासचिव एक र ७ जना सचिव गरी १५ जना पदाधिकारीसहितको २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।

४५ जनाको स्थायी कमिटि पनि एमालेले बनाउने विधानको ब्यवस्था छ ।

तर नयाँ नेतृत्वका लागि कुनै पनि नेताहरुले औपचारिक रुपमा आफनो आकाक्षा र उम्मेदवारी अहिलेसम्म घोषणा गरेका छैनन ।

एमाले विभाजित भएको र ओलीसँग टक्कर लिन सक्ने नेता माधव नेपाल नै पार्टीवाट वाहिरिएको कारण अध्यक्षमा ओली निर्विकल्प जस्तै बनेका छन् । उनको लागि विधानको ब्यवस्था र ब्याख्यामै सहजता हुने गरी एमालेले विधानको ब्यवस्था गरेको छ ।

ओली नै अध्यक्षमा दोहोरिने भएपछि उनको विकल्पमा अन्य नेताहरुले अध्यक्षमै उम्मेदवारी दिने गरी कसैको तयारी देखिदैन । एमालेमा यो पटक पार्टीभित्रको अवस्था र शक्तिका हिसावले अध्यक्ष ओलीले चाहे अनुसारको मात्र परिणाम आउने र त्यस विपरित गए कसैले पनि आफनो पक्षमा परिणाम लिन नसक्ने अवस्था देखिएकोले पनि एमाले नेताहरु अहिले तैचुप मै चुपको अवस्थामा छन् । सोही कारण अध्यक्ष मात्र होइन, अन्य पदमा पनि नेताहरुले आफनो उम्मेदवारी घोषणा गरेका छैनन ।

पदाधिकारीका आकाक्षी सवैजसोले ओलीले के भन्लान् ? कस्तो प्रस्ताव ल्याउँलान् ? ओलीले ल्याउने प्रस्तावमा आफु काहाँ समेटिने होला ? भनेर ओलीतिरै प्रायःले मुख फर्काएर वसेका छन् ।

अध्यक्ष सहित सवै जसो पदाधिकारीमा निर्विरोध निर्वाचित गराउने गरी भित्री तयारीमा ओली लागेका कारण पनि अहिले नै कसैले आफनो उम्मेदवारी घोषणा नगरेको एमाले सचिव पृथ्वीसुब्बा गुरुङले बताए ।

‘अध्यक्षमा त सायद निर्विरोध भइहाल्छ। अरू पदमा पनि हामी निर्विरोध गर्ने प्रयासमा छौं, सर्वसम्मत नेतृत्व चयनका लागि अध्यउक्षले के भन्नुहुन्छ भन्ने अहिले सवैको चासो छ । उहाँले कस्तो प्रस्ताव गर्नुहुन्छ, उहाँको प्रस्तावलाई सबैले स्वीकार्ने गरी परिस्थिती वन्छ होला, त्यही भएर पनि कसैले पनि उम्मेदवारी यो पटक घोषणा गदै हिडनुभएको छैन,’ गुरुङले भने ।

ओलीको विकल्पमा इश्वर पोखरेलले पहिले अध्यक्षमा यदाकदा आकाक्षा देखाउन चाहेका थिए । तर एमाले र माओवादी वीच असफल भएको पार्टी एकतापछि पोखरेलको चाहनामा व्रेक लाग्न पुगेको थियो । उनी दुई पटक आठौं र नवौं महाधिवेशनवाट महासचिव निर्वाचित भईसकेका थिए ।

उनका लागि अहिलेको विधानले अव फेरि महासचिव वन्ने वाटो वन्द गरेको छ । अव उनको स्वभाविक दावी वरिष्ठ उपाध्यक्ष या उपाध्यक्षमा हुनेछ । उनले आफनो स्वभाविक दावी वरिष्ठ उपाध्यक्ष रहेको बताउन थालेका छन् ।

तर ओलीले कसरी सोचिरहेका छन् भन्नेले पोखरेलको पदको निधो लाग्नेछ ।

वरिष्ठ उपाध्यक्षका लागि ओलीले चाहेमा हुन सक्ने भन्दै पोखरेलका अतिरिक्त रामवहादुर थापा (बादल) र सुवास नेम्वाङ पनि लागिरहेका छन् ।

तर यो पटक माओवादी छोडेर एमालेमा आएका र एमालेमै रहेर माधव नेपालको साथ छोडेका नेताहरु सम्मको शक्ति सन्तुलन मिलाएर ओलीले पदाधिकारीको कसरी प्रस्ताव गर्लान् भन्ने चासो पनि एमाले नेताहरुमा छ । सवै पक्षलाई समेटने र पूर्व माओवादी समुहका नेतासम्मलाई पदाधिकारीमा सुरक्षित गर्ने गरी नेकपाको एकता भाव पार्टीमा सन्देश प्रवाह गर्नुपर्ने अवस्थामा पनि ओली छन् ।

सोही कारण पनि कसैले पनि आफनो उम्मेदवारी यसपटक घोषणा नगरेको एमाले नेताहरुको भनाई छ ।

‘वरिष्ठ उपाध्यक्ष फलानो, उपाध्यक्षहरू फलानो/फलानो बसौं, महासचिव-उपमहासचिवमा फलानो/फलानो बसौं, ७ जना सचिव फलानो/फलानो बनौं। हामी यसरी मिलेर जानुपर्छ भनेर अध्यक्षले प्रस्ताव गर्नुभयो भने सायद यसपटक त्यही हुन्छ होला,’ सचिव पृथ्वीसुब्बा गुरुङले भने,-‘त्यसकारण पनि अध्यक्षले के सोचिरहनु भएको छ, सवैको स्वभाविक चासो अहिले त्यतै छ ।’

प्रतिक्रिया