सिटी सफारी चालक हत्या प्रकरणमा सात जना पक्राउ

नरुवा (सुनसरी)। गत असोज २५ गते यहाँको रामधुनी नगरपालिका–२, कर्मनिया टोलस्थित भित्री सडकमा सिटी सफारी चालक दिनेशकुमार चौधरीको गोली हानी हत्या गरेको अरोपमा सात जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रामधुनी–१ का ४३ वर्षीय राज किशोर साह, ४० वर्षीय नन्द किशोर साह, सप्तरी राजविराज–१६ का २८ वर्षीय अङ्कित साह, २८ वर्षीय प्रिन्सकुमार दास, भोक्राहा नरसिंह–५ का ३४ वर्षीय मोहम्मद इब्रान मिया, देवानगन्ज–४ का ३७ वर्षीय गियास मन्सुरी र देवानगन्ज–५ का २५ वर्षीय मिथिलेश यादव रहेको सुनसरीका प्रहरी उपरीक्षक केशब थेबेले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयले आज इनरुवामा पत्रकार सम्मेलन गरी गत असोज २५ गतेको सो घटनामा पक्राउ परेका बारे जानकारी गराएको थियो ।
प्रदेश १–०२–००४ ह ७८०४ नम्बरको सिटी सफारी चालक रामधुनी–२ का ४५ वर्षीय चौधरीलाई अपरिचित व्यक्तिले गोली हानी हत्या गरेका थिए । घटनाको अनुसन्धानका क्रममा मृतक चौधरीले तन्त्रमन्त्र गरी परिवारजनलाई लामो समयदेखि दुःख दिँदै आएका कारण योजनाबद्ध रूपमा हत्या गरिएको बयानमा पाइएको प्रमुख थेबेले बताए।
हत्या गर्नका लागि छ लाख ५० हजार रुपैयाँ लिएको समेत अनुसन्धानमा देखिएको प्रहरी उपरीक्षक थेबेले बताए । पक्राउ परेकाले घटनामा संलग्नता रहेको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ । पक्राउ परेका विरुद्ध कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।














कञ्चनपुरमा महिला मतदाता बढी
राष्ट्रिय सभाको १९औँ अधिवेशन : बोहराको निधनमा प्रस्ताव पारित
राष्ट्रिय सभा सदस्यबाट नारायणकाजी, वामदेव र भगवतीले दिए राजीनामा
ग्रिनल्यान्ड मुद्दामा ट्रम्पको कदम : ८ युरोपेली देशमा अमेरिकी भन्सार लागू हुने संकेत
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया