शनिबार, वैशाख ५, २०८३

करेन्ट लाग्दा नेकपा एसका विद्यार्थी नेताको निधन

मेरोन्यूज २०७८ कार्तिक २२ गते १५:५७

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टी हेटौँडा उपमहानगरपालिकाका सचिव तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियू केन्द्रीय कमिटी सदस्य गिरिजा अधिकारीको करेन्ट लागेर मृत्यु भएको छ । उनको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

हेटौँडा उपमहानगरपालिका १७ राजदेवीमा बाटो खन्ने क्रममा विद्युतको तार पन्छाउने क्रममा करेन्ट लागेपछि उनलाई उपचारको लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालमा ल्याइएको थियो । उनको उपचारका क्रममा निधन भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले जानकारी दिए ।

शव परीक्षण गरी परिवारलाई दाहसंस्कारका लागि हस्तान्तरण गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

प्रतिक्रिया