दोहोरो अंकले घट्यो नेप्से
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ । दिपावलीको बिदापछि खुलेको बजारमा नेप्से परिसूचक भने राताम्मे देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १९.२० अंकले घटेर दुई हजार ८२९.६४ मा ओर्लेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत २.७१ ले ओरालो लागेर ५२८.३७ मा ओर्लेको छ ।
कारोबार रकम पनि खासै बढेको छैन । कूल २३० कम्पनीको ७२ लाख सात हजार ३९६ कित्ता शेयर चार अर्ब ४२ करोड सात लाख १९ हजार १०३ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण ३९ खर्ब ७९ अर्ब सात करोड ६६ लाख १० हजार रुपैयाँ बराबर रहेको छ ।
नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सोमबार तीन उपसमूहको शेयर उकालो लाग्यो भने १० उपसमूहको शेयर भने ओरालो लागेको छ । वित्त २१, सामूहिक लगानी कोष ०.०८ र लगानी उपसमूह ०.६३ अंकले बढेको छ ।

















गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
धनुषामा बम विस्फोट, दुई बालबालिका घाइते
इरानी आक्रमणले खाडी क्षेत्रमा तेल पूर्वाधार प्रभावित
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
इरानले इतिहासकै खतरनाक आक्रमण गर्ने धम्कीपछि ट्रम्पले दिए चेतावनी
खामेनीको मृत्युले विश्व तरंगित
प्रतिक्रिया