बलात्कारको अभियोगमा कार्गो व्यवसायी मनोज पक्राउ
मेरोन्यूज
२०७८ कार्तिक २२ गते १८:२५

काठमाडौं । बलात्कार गरेको आरोपमा व्यवसायी पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा कार्गो व्यवसायीहरुको छाता संगठन फ्रेट फर्वार्डस् संघ (नेफा) का अध्यक्ष समेत रहेका मनोज अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त, कमलपोखरीको टोलीले ठमेलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जबरजस्ती करणी सम्बन्धी कसूरमा कमलपोखरी प्रहरीमा किटानी जाहेरी दर्ता भएपछि उनलाई पक्राउ गरिएको हो ।
अधिकारीलार्इ जिल्ला अदालत, काठमाडौंबाट पाँचदिन म्यादथप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीले पीडित बालिकाको मेडिकल जाँच लगायत सुरु गरेको जानकारी दिएको छ । गत ८ कात्तिकमा पीडित किशोरीलाई रातोपुलस्थित एक रेष्टुरेन्टमा बलात्कार गरेको जाहेरी परेको छ ।
सम्बन्धित


















आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
यस्तो छ आज तरकारीको थोक मूल्य
प्रतिक्रिया