चार जना चढेको मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
काठमाडौँ । कैलालीमा चार जना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका ७ का २५ वर्षीय नरेश रोकाया रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।
प्रनाउ बिष्टका अनुसार जोशीपुर गाउँपालिका ५ सिम्ररास्थित चालक लम्की चुहानगरपालिका ७ को अभिषेक चौधरीले चलाएको बा ०२–०१५ प २७३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको फोहर फाल्ने फलामको ड्रममा ठोकिएको थियो । घटनामा चौधरी, मोटरसाइकलमा सवार सोही ठाउँका प्रकाश चौधरी, जीवन चौधरी र नरेश रोकायासहित चार जना घाइते भएका थिए ।
घाइतेलाई उपचारका लागि धनगढीस्थित निसर्ग अस्पतालमा ल्याइएका घाइते नरेश रोकायालाई चिकित्सकले मृत घोषणा गरेको बताइएको छ । अन्य घाइतेलाई सामान्य उपचारपश्चात् घर पठाइएको र मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको छ ।















पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
यस्तो छ आज तरकारीको थोक मूल्य
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया