प्रचण्ड-माधव नेपाल खुमलटारमा भेटवार्ता
न्यायलयभित्रको विवाद देखि सत्ता गठबन्धनको सोमबारको बैठकका निर्णयका विषयमा छलफल केन्द्रीत

काठमाडौं । सत्ता गठबन्धन दलका दुई शीर्ष नेता नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालवीच भेटवार्ता भएको छ ।
प्रचण्डको खुमलटारस्थित निवासमा दुई नेताका वीचमा विहान भेटवार्ता भएको हो ।
सत्ता गठवन्धन दलले सोमबार साँझ गठबन्धनको बैठक राखी आगामी उपनिर्वाचन र आसन्न राष्ट्रिय सभाका १९ सदस्यका लागि हुने निर्वाचनमा गठबन्धन बनाउने, आगामी निर्वाचनका लागि वातावरण बनाउने र पाँच दल सम्मिलित राजनीतिक समन्वय समिति बनाउने समझदारी गरेपछि प्रचण्ड र माधव नेपालका वीचमा यो भेटवार्ता भएको हो ।
दुवै पार्टी आउने स्थानिय तह, केन्द्र र प्रदेश तह सम्मको चुनावमै गठबन्धन बनाएर चुनावमा जानुपर्ने पक्षमा छन् । त्यस्तै न्यायलयभित्र देखा परेको विवादका विषयमा पनि गठबन्धन दलको साझा धारणा बनाएर न्यायलयभित्रको विवादको निकासका बारेमा बोल्नुपर्ने पक्षमा छन् ।
आगामी माघमा हुने राष्ट्रिय सभाका १९ सदस्यको निर्वाचनका लागि सत्ता गठबन्धनबीच मिलेर उम्मेदवार दिने विषयमा समझदारी जुटाउन राजनीतिक समन्वय समिति बनाइएपछि त्यसको तयारी छलफलका लागि पनि दुई नेताका वीचमा छलफल भएको बताईएको छ ।
राष्ट्रिय सभाका २० जना सदस्यको म्याद आगामी फागुन तेस्रो साता सकिँदै छ । त्यसको ३५ दिनअघि नै रिक्त हुने पदमा निर्वाचन हुनुपर्ने व्यवस्था संविधानमा छ । रिक्त २० मध्ये एक राष्ट्रपतिबाट मनोनीत हुने भएकाले १९ पदका लागि हुने निर्वाचनमा सत्ता घटक दलहरूले गठबन्धन बनाएर अघि बढ्ने समझदारी सोमबार साँझको बैठकबाट बनाएका थिए ।
त्यस्तै राजदूत नियुक्ति देखि अवका सत्ता गठबन्धनका रणनीति लगायतका विषयमा पनि प्रचण्ड र माधव नेपालका वीचमा छलफल भएको स्रोतको भनाई छ ।
‘दुई नेतावीचको नियमित भेटघाट भएकोले अन्य कुनै खास निर्णयका लागि भेटघाट होइन, सामान्य समसामायिक राजनीतिक र सत्ता गठवन्धनलाई प्रभावकारी र वलियो कसरी बनाउने भन्नेमै नियमित जस्तो छलफल मात्रै हो,’ प्रचण्डको नीजि सचिवालय स्रोतले भन्यो ।

















One more Election Policeman dies in Baitadi
9 days left to go for HoR polls: EC reminds stakeholders of Election Code of Conduct
मिथिला मध्यमा परिक्रमाको महोत्तरी यात्रा पूरा , यात्री धनुषा प्रस्थान
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
सम्बोधनअघिको दबाबमा ट्रम्प
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
प्रतिक्रिया