प्रहरीको यातना देखाउने त्यो घटना, जसका आधारमा बन्यो ‘जय भिम’

काठमाडौँ । ‘मानिसहरूको बसोबासका लागि छाना छैन, कता बस्ने ठेगानाको प्रमाण छैन, त्यसैले उनीहरूसँग राशन कार्ड छैन, उनीहरूले मतदान गर्न सक्दैनन् त्यसैले तपाईले उनीहरूका लागि केही गर्नुपर्छ ।’ ‘उनीहरूलाई मतदान गर्ने अधिकार किन दिने ? हामीले भोलि उनीहरूका अगाडि मत माग्नै पर्छ । हामीले वयस्कहरूलाई शिक्षा दिने कार्यक्रम बन्द गर्नु पर्छ ताकी यस्ता प्रश्नहरु नदोहोरिउन् ।’
यी दुवै संवाद पेशाले शिक्षक र आदिवासी जनजातिको अधिकारका लागि सक्रिय स्थानीय नेताबीचको हो । मलाई लाग्छ, ‘जय भीम’ नामक चलचित्रको सार यही संवादमा लुकेको छ । चलचित्रले विद्यमान व्यवस्थाका पीडितहरूको उत्पीडन र व्यवस्थाविरुद्धको मानव संघर्षको कथा समेटेको छ । म पूर्ण रूपमा सहमत छु कि, यो कथा तीन वाक्यमा भन्न सकिँदैन ।
तामिलका सुपरस्टार सूर्याको अभिनय रहेको यो चलचित्र दिपावलीको समयमा ओटीटीमार्फत सार्वजनिक भएको छ । यो चलचित्र सार्वजनिक भएसँगै उत्तिकै चर्चा बटुलेको छ । चलचित्रलाई लिएर विभिन्न विवादहरूसमेत आएका छन् । चलचित्रको एउटा दृष्यमा आपत्ति जनाइएको छ । धेरै व्यक्तिहरूले यसलाई हटाउन माग गरेका छन् । एउटा दृश्यमा प्रकाश राजले अभिनय गरेको पात्रले हिन्दी भाषी व्यक्तिलाई थप्पड हानेको छ । सो व्यक्तिले सोध्यो, ‘मलाई किन हान्नु भयो ?’ जवाफमा, प्रकाश राजको चरित्रले भन्छ, ‘तमिलमा बोल्नु होस् ।’
यो विवादलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खालका टिप्पणी आइरहेका छन् । तर, यस लेखमा न त चलचित्रको कथानक र विवादबारे चर्चा गरिएको छ । ‘जय भीम’ एक सत्य घटनामा आधारित चलचित्र हो । तर, त्यो सत्य घटना के थियो ? अथवा पूरै देशको सिस्टमविपरीत लड्ने व्यक्ति को थिए ?
‘जय भिम’ तामिलनाडुमा सन् १९९३ मा घटेको एउटा घटनामा आधारित चलचित्र हो । यो घटना खासमा के हो ? भन्ने विषयमा बुझ्नका लागि बिबिसी मराठीले सन् २००६ मा मर्दास् उच्च अदालतको एउटा फैसला अध्ययन गरेको थियो । तब मात्रै उक्त चलचित्रमा देखाइने घटनाबारे थाहा भयो ।
घटना के हो ?
यो घटना मार्च १९९३ को तामिलनाडुस्थित मुदन्नी गाउँको हो । त्यो गाउँमा कुरवा आदिवासी समुदायका चार परिवार बस्दै आएका थिए । कुरवा समुदायलाई पहिले अपराधिक जनजातिका रुपमा मानिन्थ्यो । राजकन्नु र सेङ्गाई नाम गरेका दम्पत्ति उक्त गाउँमा बस्दै आएका थिए । २० मार्चको बिहान केही प्रहरीहरूले सेगर्एको घरको ढोका ढक्ढक्याए । प्रहरीले सेङ्गाईलाई सोधे, ‘तिम्रो श्रीमान कहाँ छन् ?’ सेङ्गार्ईले जवाफ दिए, ‘काममा जानु भएको छ ।’ त्यसपछि प्रहरीले सोधे, ‘नजिकैको गाउँमा डेढ लाख मूल्यका गहना चोरी भएको छ, त्यसका लागि हामी तपाईंको श्रीमानलाई खोजिरहेका छौँ ।’
सेङ्गाईको कुनै जवाफ नआएपछि प्रहरीले उनका बालबबच्चा, देवर र नन्दलाई भ्यानमा हालेर थाना लिएर गए । प्रहरीले उनीहरूलाई भने कि यदि, राजकन्नुको ठेगना भने हामी तपाईलाई छोड्छौँ । यो अपराधमा अन्य व्यक्ति गोविन्दराजको नाम समेत थियो, पछि प्रहरीले उनलाई नजिकैको गाउँबाट पक्राउ गरेको थियो ।
प्रहरीहरू २० मार्च १९९३ मा साँझ ६ बजे कम्मपुरम थाना पुगेका थिए । सेङ्गाईलाई प्रहरी चौकी बाहिरको गोठमा लगियो । बाँकीलाई सोधपुछका लागि भित्र लगिएको थियो । सोही क्रममा एक स्थानीय प्रहरी अधिकारी (स्टेसन इञ्चार्ज)ले सेङ्गाईलाई लठ्ठीले कुटेका थिए । प्रहरीले उनलाई श्रीमानको ठेगाना दिन र चोरीका गहना फिर्ता गरिदिन आग्रह गरिन् ।

प्रहीले सेङ्गाईका छोरालाई समेत हात पछाडिबाट बाँधेर कुटेको थिए भने छोरीलाई कुटेका थिए । गहनाको चोरी राजकन्नुले नै गरेको हो । उनले सामान फिर्ता गर्नु पर्ने प्रहरीको ठम्याई थियो । पक्राउ परेको दिन सेङ्गाईसहित उनको बालबच्चा, देवर र नन्द थानामा नै रात बिताएका थिए ।
भोलिपल्ट सम्बन्धित प्रहरी अधिकारी अन्य सहयोगीका साथमा फेरि बाहिर गए र साँझ ४ बजेतिर फेरि फर्किएर आए । उनीहरू फर्किएको समयमा सेङ्गाईका पति राजकन्नुसमेत कब्जामा थिए ।
त्यसपछि प्रहरीले सेङ्गाई र उनका बच्चाहरूलाई घर जाने अनुमति दिए । रामास्वामी (यो चलचित्रको मुख्य प्रहरी अधिकारी जसलाई अन्त्यमा दोषी ठहराइएको छ ।)ले सेङ्गाईलाई भोलि मांसाहारी खाना बोकेर ल्याउन उर्दी दिएका थिए ।
अर्को दिन दिउँसो करिब १ बजे सेङ्गाई लञ्च बक्स लिएर एक्लै थानामा आइन् । सोही समयमा सेङ्गाईले उनको श्रीमानलाई एउटा कोठाभित्र नग्न अवस्थामा बाँधेर रोखेको देखे । प्रहरीले उनलाई धेरै पिटेको थियो । सेङ्गाईले प्रहरीलाई सोधे कि, ‘तपाईहरु यस्तो किन गर्दै हुनुहुन्छ ?’ तर प्रहरीहरूले उल्टै उनलाई कुटपिट गरे र यो घटनाको बारेमा कसैलाई पनि नभन्न भन्दै धम्की दिए ।
सेङ्गाईले श्रीमानको शरीरबाट रगत बगिरहेको देखेकी थिइन् । केही समयपछि सेङ्गाई, उनका श्रीमानका भाइ र अर्का आरोपी गोविन्दराजुलाई नजिकैको गोठमा लगियो । प्रहरीले उनका श्रीमानलाई त्यहाँ ल्यायो, त्यसबेला राजकन्नु झण्डै बेहोस र हिँडडुल गर्न नसक्ने अवस्थामा थिए ।
सेङ्गाईले सबैलाई खुवाइरहेका थिए, तर राजकन्नु अचेत अवस्थामा थिए । तर, प्रहरीले नाटक गरिरहेको भन्दै खुट्टामा हिर्काइरह्यो । त्यहाँ कसैले राजकन्नुलाई पानी दिन खोज्यो । तर, उनको मुखबाट समेत पानी आइरहेको थियो । उनको सास रोकिएको थियो । सेङ्गाईले उनीहरूलाई सोधे, ‘तिमीहरूले मेरो श्रीमानलाई किन यति निर्ममतापूर्वक पिट्यौ ?’ तर प्रहरीले उनलाई जबरजस्ती बसमा नियन्त्रण गरेर पठाए ।
सेङ्गाई दिउँसो ३ बजे प्रहरी चौकी छाडेर साँझ ६ बजे गाउँ पुगेकी थिइन् । उनी त्यहाँ गाउँलेले उनलाई पर्खिरहेका थिए । उनीहरूमध्ये एकले उनलाई सोधे, ‘राजकन्नु अपरान्ह ४ः१५ बजे हिरासतबाट भागेको प्रहरीले बताएको छ ।’ जो व्यक्ति ३ घण्टाअगाडि अचेत अवस्थामा थिए । जो उठ्न सक्ने थिएनन् । त्यो व्यक्ति भागे भन्ने कुराले उनी हैरान भइन् ।
राजकन्नुको हत्या कसले गर्यो
२२ मार्च १९९३ मा मिनसुरुट्टी प्रहरी चौकीका एउटा शव भेट्टियो । उक्त शव पहिचान नखुलेको प्रहरीले बताएको थियो । मृतकको शरीरमा कुटेको गहिरो चोट थियो । आँखा र टाउकोमा चोट थियो । मृतकको हट्टीहरू सबै भाँच्चिएका थिए ।
त्यहीबाट सेङ्गाईको न्यायको लडाई सुरु भएको थियो । प्रहरीले उनको श्रीमानलाई हिरासतमा कुटेर हत्या गरेका थिए । तर, प्रहरी भन्दै थिए, कि उनी फरार थिए । श्रीमानको खोजीमा सेङ्गाई धेरै ठूला अधिकारीहरूसँग भेटघाटका लागि गए र अदालतको ढोका घचघच्याउन पुगिन् । उनी एक्लै लागिपरेकी थिइन् ।
एक दिन उनले चेन्नाईको एक वकिलको बारेमा थाहा पाए । ती वकिल मानव अधिकारको बारेमा निःशुल्क वकालत गर्छन् भन्ने थाहा भएपछि सेङ्गाईले उनीसँग मद्दत मागे । ती व्यक्ति थिए । जस्टिस चन्द्रू । चलचित्र ‘जय भीम’मा सूर्याको भूमिका सोही वकिलको थियो ।
जस्टिस चन्द्रू तत्कालीन समयमा वकालत गर्थे र उनले सेङ्गाईको मद्दत गर्ने निर्णय गरे । उनले मद्रास हाकोर्टमा हेबियस काँरपस (बादी प्रत्यक्षीकरण)को रिट याचिका दर्ता गरे । शासनको हिरासतमा रहेका व्यक्तिलाई अदालतमा पेश गर्न यसको प्रयोग गरिन्छ । त्यसपछि सरकारी कर्मचारी तुरुन्तै सक्रिय भए ।
सेङ्गाईलाई मृत शरीरका तस्बिरहरू देखाइयो । जसलाई दाबी नगरिएको भनिएको थियो । उनले त्यो शव राजकन्नुको हो भनेर चिने । अब राजकन्नुको मृत्यु भइसकेको स्पष्ट भयो । मद्रास उच्च अदालतले सेङ्गाईलाई क्षतिपूर्ति दिन र यस मामिलामा सीबीआईबाट छानबिन गर्न आदेश दियो । तर, प्रहरी हिरासतमा यातनाका कारण राजकन्नुको मृत्यु भएको पुष्टि भने हुन सकेको छैन ।
त्यसपछि मुद्दा सेसन अदालतसम्म पुग्यो । त्यहाँ कुटपिट, जबरजस्ती करणी र यातना मुद्दामा परेका पाँच प्रहरीलाई सबै आरोपबाट सफाई दिइएको छ । त्यसपछि यो विषय राज्यभर चर्चामा आयो । त्यसपछि छानबिन समिति गठन भयो । र, तमिलनाडु सरकारले सेसन अदालतको निर्णयविरुद्ध मद्रास उच्च अदालतमा अपिल गर्यो ।
त्यसपछि सन् २००६ मा मद्रास उच्च अदालतले राजकन्नुको मृत्युमा पाँच प्रहरीलाई दोषी ठहर गरेको थियो । प्रहरी डायरीमा दर्ता भएको प्रतिवेदन फेरेर प्रहरीले नक्कली कागजपत्र तयार गरेको पनि प्रमाणित भएको छ । उक्त घटनाको १३ वर्षपछि ती प्रहरीलाई जन्मकैदको सजाय सुनाइएको थियो । यसै क्रममा एक डाक्टरलाई तीन वर्षको जेल सजाय सुनाइएको छ ।
जस्टिस चन्द्रु यस सम्पूर्ण कानूनी प्रक्रियाको केन्द्रमा थिए । उनीहरूले केरलाका केही साक्षीहरू खोजे र हटाए । उनले अदालतमा प्रहरीले झुटो बोलेको बयान दिएका थिए । उनले वकिलको मात्र काम गरेनन्, अनुसन्धान एजेन्सीको काम पनि गरे ।
एजेन्सीहरूको सहयोगमा मेरोन्यूजकर्मी दया दुदराजद्वार अनुवाद ।
प्रतिक्रिया