भीम रावलले एमाले नै अवैधानिक भन्नु पर्यो : इञ्चार्ज भट्ट

कैलाली । नेकपा एमालेका सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टले पार्टी उपाध्यक्षसमेत रहेको भीम रावलले पार्टीले गरेको निर्णयलाई गुटबन्दीको संज्ञा दिनु गलत भएको बताएका छन् ।
मंगलबार धनगढीमा भएको सुदूरपश्चिम प्रदेश कमिटीको पूर्ण बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उठेको प्रश्न जवाफ दिँदै उनले नेता रावलको अभिव्यक्ति गलत भएको बताएका हुन् । प्रदेश कमिटी बैठकलाई गुट विशेषको बैठक भन्दै अभिव्यक्ति दिएपछि इञ्चार्ज भट्टले यस्तो जवाफ फर्काएका हुन् ।
‘पार्टीले गरेका निर्णयहरु गुठबन्दी हुन्छ भने सही के हो, उहाँलाई थाहा होला,’ उनले भने, ‘हिजोका दिनमा पार्टी केन्द्रले गरेको निर्णयमा उहाँ आफै बस्नु भएको छ, अहिले त्यस्तो भन्न मिल्दैन ।’
रावल आफै उपस्थित भएको स्थायी कमिटीको बैठक र केन्द्रीय समितिको बैठकले गरेको गरेको कार्य विभाजन बदर नहुने उनको भनाई छ । ‘उहाँले पार्टी नै अवैधानिक हो भन्नु पर्यो कि पार्टीले गरेका निर्णयहरू मान्नु पर्यो,’ उनले भने, ‘कसैको स्वार्थ अनकुल व्यक्तिवादी महत्वकांक्षाका लागि पूरा गरिदिँदा त्यो निर्णय सही हुने नभए अवैध हुने भन्न मिल्दैन, त्यो दुनियाँमा हुँदैन ।’
नेता भट्टले आफ्ना मत भेदहरूलाई सामाजिक सञ्जालमा राख्नुभन्दा पार्टी कमिटीभित्र राख्दा राम्रो हुने रावललाई सुझाव दिए । ‘पार्टीमा भएका मतभेदहरू सामाजिक सञ्चालमा सार्वजनिक गर्नु भनेको संगठनात्मक रुपमा अराजकताको चरम सीमाको अविव्यक्ति हो,’ उनले भने ।
बैठक बहिस्कार
उपाध्यक्ष रावल सुदूरपश्चिममै भए पनि प्रदेश कमिटी बैठकमा उपस्थित भएनन् । उनले प्रदेश कमिटीको गुटगत बैठक बसेको भन्दै सामाजिक सञ्जालमार्फत बहिस्कार गरेको घोषणा गरे ।
इञ्चार्ज भट्टले बैठकमा उपस्थितिका लागि पत्रमार्फत निमन्त्रण र आफूले समेत फोन गरेर निमन्त्रण गरे पनि रावल बैठकमा उपस्थित नभएको बताए । ‘मैले आफै पनि उहाँलाई बैठकमा उपस्थितिका लागि फोन गरेरै निमन्त्रण गरेको हुँ,’ उनले भने, ‘तर उहाँले म आउँदैन तपाईहरु गर्नुहोस् भन्नु भयो, उहाँलाई पत्रसमेत पठाइएको छ ।
उनले नेता रावल सुदूरपश्चिममा आउनेबारे अगाडि जानकारी नभएको बताए । ‘यहाँ व्यक्तिको सवाल होइन पार्टी केन्द्रले गरेका निर्णय र योजनाहरुलाई कार्यान्वय गर्ने हाम्रो दाहित्व हो,’ उनले भने, ‘त्यो दायित्वबाट विमुख हुदैनौं ।’
साथै इञ्चार्ज भट्टले तत्कालीन नेकपाको संरचना हुँदा रिक्त रहेका स्थानमा अहिले पदपूर्ति गर्ने बैठकले निर्णय गरिएको जानकारी दिए । उनका अनुसार पार्टीको प्रदेश कमिटीको उपसचिवमा प्रदेश सांसदसमेत रहेका बाजुराका बलदेव रेग्मी र भागरती विष्टलाई मनोनयन गरिएको छ ।
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया