कैलालीमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

कैलाली । कैलालीमा युवकको हत्या भएको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । जिल्लाको टीकापुर नगरपालिका–१ मा चक्कु प्रहार गरेर लम्कीका भुपेन्द्र बडुवालको हत्या भएको थियो । हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै स्थानीयले लम्कीचुहा नगरपालिकामा राजमार्ग अवरुद्ध पारेका छन् ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले बुधबार बिहानैदेखि पीडित पक्षले राजमार्ग अवरुद्ध पारेपछि सवारीसाधन सञ्चालनमा समस्या भएको जनाएको छ । राजमार्ग अवरुद्ध भएपछि विभिन्न ठाउँबाट गन्तव्यका लागि छुटेका सवारीसाधन लम्कीमै रोकिएपछि सयौं यात्रुहरु अलपत्र परेका छन् ।
मंगलबार राति टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटल नजिकै दुई समूहबीच भएको झडपमा चक्कु प्रहार गरेर लम्कीका २२ वर्षीय बडुवालको हत्या गरिएको थियो । प्रहरीले उनको हत्यामा संलग्न भएको आशंकामा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।


















चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
प्रतिक्रिया