‘ए’ डिभिजन लिग चार ठाउँमा खेलाउने तयारी, पोखरा रंगशालामा मनाङको प्रस्ताव

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यसपटकको सहिद स्मारक ए डिभिजन लिग चार मैदानमा खेलाउने तयारी गरेको छ ।
जस अन्तर्गत मनाङ मस्र्याङ्दीले घरेलु मैदानको रुपमा पोखरा रंगशालामा खेल आयोनजा गर्न प्रस्ताव गरेको छ । यदि लिगका खेल पोखरा रंगशालामा आयोजना हुन सके सहिद स्मारक ए डिभिजन लिगका खेल उपत्यका भन्दा बाहिर हुनेछ ।
कात्तिक २९ गतेदेखि नेपाली फुटबलको सबै भन्दा ठूलो प्रतियोगिता सहिद स्मारक ए डिभिजन लिग आयोजना हुँदैछ । अघिल्ला संस्करण दुई मैदानमा आयोजना भएको लिग यसपटक भने चार रंगशालामा हुँदैछ ।
यद्यपि सुरुआती दुई चरणको खेल तालिकामात्र सार्वजनिक भएको छ । जसमा त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र एन्फा टेक्निकल सेन्टरमा खेल हुँदैछन् । अन्य चरणका खेलका लागि भने एन्फाले च्यासल मैदान र मनाङ मस्र्याङ्दीले घरेलु मैदानको रुपमा प्रस्ताव गरेको पोखरा रंगशाला हुँदैछ ।
सोही अनुसार मनाङले पोखरा रंगशालामा तयारी पनि गर्दै आएको छ । पोखराको रंगशालमा लिग सञ्चालन गरे सहिद स्मारक ए डिभिजिन लिग पहिलो पटक काठमाडौं बाहिर हुनेछ । पोखरा रंगशालालाई प्रयोग गर्नका लागि एन्फासँग छलफल भइरहेको मनाङ मस्र्याङ्दी फुटबल क्लबका अध्यक्ष विजयी घले बताए ।
कोरोना महामारीले निर्धारित मिति भन्दा केही महिनापछि धकेलिएको लिगमा पोखरा रंगशालाका अलावा च्यासल मैदानमा पनि आयोजना गर्ने योजना एन्फाको छ ।
कात्तिक २९ गतेबाट हुने लिगको उद्घाटन खेल यसै सिजन बढुवा भएको सातादोबाटो युथ क्लबले फ्रेन्ड्सँग प्रतिस्पर्धा गर्दैछ । उद्घाटन खेल ‘फ्लड लाईट’ मा खेलाउने एन्फाको तयारी छ । सुरुवाती दुई चरणका खेलमध्ये आधा खेल दशरथ रंगशालामा हुनेछन ।
पोखरा रंगशालालाई मनाङ मस्र्याङ्दीले घरेलु मैदानको रुपमा प्रयोग गर्न यस अघि नै स्वीकृती पाइसकेको छ । त्यसैले मनाङले काठमाण्डौंदेखि क्लबहरुलाई पोखरासम्म लैजाने र खेलाएर काठमाण्डौं पठाउने प्रबन्धका लागि एन्फासँग छलफल भइरहेको बताएको छ । यद्यपि अन्तिम तालिका सार्वजनिक नभएसम्म मनाङको प्रस्ताव अपूरो हुनेछ ।
फागुन १४ गते सम्म सञ्चालन हुने लिगमा १४ टोलीले सहभागिता जनाउँदै छन भने दुई टोली रेलिगेशनमा घटुवा हुनेछन । १३ चरणका खेल हुने लिगमा कुल ९१ खेल हुनेछन् ।

















सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
आयोगले राष्ट्रपतिलाई बुझायो निर्वाचनको प्रतिवेदन
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
प्रतिक्रिया