ब्रह्मपुत्र नदीबारे थप अनुसन्धान आवश्यक

नयाँ दिल्ली । चीनको तिब्बतदेखि भारत हुँदै बंगलादेशसम्म पुगेको ब्रह्मपुत्र नदी भारतीय सभ्यता र संस्कृतिको जननी मानिए पनि यसको भौगोलिक र सांस्कृतिक पक्षको अध्ययन एवम् अनुसन्धान हुन नसकेको भारतीय संस्कृतिका जानकारहरु बताउँछन् ।
हिमालय पर्वतबाट भारतीय भूमीहुँदै बग्ने नदीहरुमा सिन्धु, सरस्वती, गंगा र ब्रह्मपुत्र नदी मुख्य मानिन्छन् । तीमध्ये ब्रह्मपुत्र नदी पूर्वोत्तर भारत र बंगालको प्रमुख नदी हो । तिब्बतदेखि बंगलादेशसम्म फैलिएको ब्रह्मपुत्र नदीको क्षेत्र व्यापक रहेको भारतीय संस्कृतिका जानकार तथा लेखक अनिरुद्र जोशी ‘शतायु’ले बताए । यस नदीको धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक पक्षका बारेमा थप खोज तथा अनुसन्धान हुनुपर्ने उनले जोड दिए ।
लेखक शतायुका अनुसार ब्रह्मपुत्र नदी केबल एक नदी मात्र नभएर भारतीय संस्कृति र सभ्यताको मिलन विन्दु हो । यो नदीको तटमा कैयौँ सभ्यता र सस्ंकृतिको उदय भएको भएपनि यी पक्षको तथ्यहरुका बारेमा थप अध्ययन र अनुसन्धान हुन नसकेको उनको भनाइ छ । “यहाँ आर्य–अनार्य, मंगोल–तिब्बती, बर्मी–द्रविड़, मुगल–आहोमआदि संस्कृतिको उदय भएको हो”, उनले भने, “जसरी ब्रह्मपुत्रमा अनेक नदीहरु समाहित भएर अघि बढेका छन् । त्यसैगरी यहाँ अनेक संस्कृतिहरु मिलेर एक भिन्दै खाले आर्य संस्कृति गठन भएको हो । ब्रह्मपुत्र नदी क्षेत्रको वृहत्तर आधारलाई शोध र अनुसन्धान गर्न आवश्यक छ, यो नदी प्राचीन भारतको इतिहाससँग जोडिएको नदी हो ।”
तिब्बतस्थित पवित्र मानसरोवर झीलबाट निस्केको सांग्पो नदी पश्चिमी कैलाश पर्वतको पहाडबाट बग्दै तल झरेपछि ब्रह्मपुत्र भनेर चिनिने भारतीय संस्कृतिका अनुसन्धानकर्ता शतायुले बताए । तिब्बतको मानसरोबरमा मुहान रहेको यो नदी तिब्बतदेखि बंगलादेश ९समुद्र० सम्म दुई हजार ९०६ किलोमिटर लामो रहेको छ । सांग्पो, ब्रह्मपुत्र, पद्यमा र समुद्रसम्म पुग्दा मेघना नामले चिनिने यो नदी भारतको मात्रै नभएर एशियाका नै सबैभन्दा लामो नदी भएको भारतीय संस्कृतिका अर्का जानकार जीवन शर्मा आचार्यले बताए ।
उनका अनुसार तिब्बतमा यो नदीको लम्बाइ एक हजार ६२५ किलोमिटर, भारतमा ९१८ र बंगलादेशमा ३१८ किलोमिटर छ । तिब्बतको मानसरोबरदेखि भारतको अरुणाचल प्रदेश, नगालैंड, मेघालय, भूटान, पश्चिम बंगाल र सिक्किमका पहाडी क्षेत्रबाट निस्केका अनेक नदी ब्रह्मपुत्र नदीमा समाहित हुँदै बंगलादेशको समुद्रमा गएर मिल्ने गर्दछन् ।
नदी तटमा अनेक जनजाति र आदिवासीहरुको बसोबास रहेको छ । ती सबैको आआफ्ना इतिहास र संस्कृति रहेको आचार्यले बताए । ब्रह्मपुत्र नदीको अनेक नाम र पहिचान रहेको पाइएको छ । हरेक क्षेत्रमा यो नदीको स्वभाव र आचरणमा पनि भिन्नता पाइने लेखक शतायुले बताए । डिब्रूगढ़मा यो नदी विशाल रुपमा फैलँदै बगेको छ भने गुवाहाटीमा नदीको दुवैतर्फको पहाडको बीचभागबाट बग्ने यो नदीले आफ्नो आकारलाई सानो बनाएको छ । नीलाचल पर्वतमा कामाख्या मन्दिरको चरणस्पर्श गर्दै अघि बढेको यो नदीले त्यहाँबाट विराटरुप धारण गरेको र असमका अधिकांश ठूला शहरहरु यही नदीको किनारबाट विकसित भएका छन् । डिब्रूगढ़, जोरहाट, तेजपुर, गुवाहाटी, धुबड़ी रग्वालपाड़ा यही नदीको किनारमा रहेका शहरहरु हुन् ।
यो नदी क्षेत्रमा सयौँ गुफा, घना जङ्गल र कैयौं प्राचीन सभ्यताका अवशेषहरु अहिले पनि पाइन्छन् । प्राचीन मानव पनि यही नदीको आसपासमा रहेका प्रमाणहरु भेटिएका भारतीय संस्कृतिका अध्येता जीवन आचार्यले बताए । उनले भने, “ब्रह्मपुत्र नदीको सांस्कृतिक र धार्मिक इतिहासको खोज र अनुसन्धान गर्न आवश्यक छ । यो नदी पनि सिन्धु सभ्यताका नदीभन्दा कम महत्वको छैन ।” धु्रबसागर शर्मा/रासस
















यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर: डलरको मुल्य घट्यो
कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छः सभापति थापा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया