काठमाडौंमा देखियो ३२ जनालाई डेँगु संक्रमण

काठमाडौं । तराईमा देखिने डेँगु काठमाडौंमा पनि तीब्र रुपमा फैलिएको पाइएको छ । काठमाडौंमा हालसम्म ३२ जनालाई डेंगु संक्रमण देखिएको काठमाडौं स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयकी भेक्टर कन्ट्रोल निरीक्षक गीता आचार्यले काठमाडौंमा डेँगुका बिरामी भेटिन थालेपछि बिरामीको तथ्याङ्क संकलन सुरु गरिएको बताइन् । उनका अनुसार काठमाडौंको सबैभन्दा बढी घट्टेकुलो क्षेत्रमा डेँगुका बिरामी भेटिएका छन् ।
‘हामी कहाँ काठमाडौंमा डेँगु संक्रमण देखियो भन्ने खबर आउने वित्तिकै बिरामीको तथ्याकं संकलन सुरु गरेको हो,’ उनले भनिन्, ‘घट्टेकुलोमा मात्र हालसम्म ६ जना डेँगुका बिरामी भेटिएका छन् ।’
त्यसैगरी, घट्टेकुलो बाहेकका अनामनगरमा १, बानेश्वरमा १, बागबजारमा २, डिल्लीबजारमा १, जैसीदेवल, कमलपोखरी, कान्तिपथ, कोटेश्वर, पुतलीसडक, सामाखुशी र शान्तिनगरमा १÷१, मैतीदेवीमा २ जना डेंगुका बिरामी फेला परेका स्वास्थ्य कार्यालयले जनाएको छ ।
११ जना बिरामीले काठमाडौं मात्र लेखेको हुदाँ उनीहरु कुन ठाउँमा बसोबास गर्ने भन्ने नाम नखुलेको पनि रहेको कार्यालयकी भेक्टर कन्ट्रोल निरिक्षक आचार्यले जानकारी दिईन् ।
बिहिबार घट्टेकुलोमा बढी बिरामी भेटिएका हुँदा त्यहाँ जनप्रतिनिधिसँग छलफल भएको आचार्यले बताइन् । उनका अनुसार अस्पतालमा उपचार गर्नका विभिन्न अस्पतालको तथ्याकबाट ३२ जना भेटिएका हुन् ।
त्यसैगरी, दशैं तिहारको समयमा मैतिदेवी र घट्टेकुलोमा डेँगुका बिरामी घरैपिच्छे रहेको खबर आएका थिए ।
उनका अनुसार पहिला कोरोना परीक्षण गर्दा नेगेटिभ आएपछि डेँगु परीक्षण गर्दा पोजेटिभ आएका हुन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पहिला जसरी अन्य रोगका बिरामी कम पुग्ने गरेका छ । सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले काठमाडौंमा डेँगु संक्रमणका बिरामी आउँने गरेका बताए । उनले सबैभन्दा बढी डेँगुका बिरामी दशै र तिहार बीचमा आएका बताए ।
के हो डेँगु कसरी बच्ने ?
डा. पुनका उनका अनुसार एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो ।
पोथी जातको सो लामखुट्टेको टोकाइको भाइरसबाट सङ्क्रमित भई रोग सर्दछ । प्रायः सो जातको लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्दछ ।
ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, शरीरमा डाबर आउने, अरुची हुने, जोर्नी तथा मांसपेशी बेस्सरी दुख्ने, शरिरमा बिबिरा देखिनु आदि यसका लक्ष्णहरु रहेका पुनले बताए ।
डेंगु भएका बिरामीमा रगत जाँच गर्दा प्लेटेलेट्सको संख्या तिव्र गतिमा घट्ने गरेको पाईने गरेको उनले जानकारी दिए ।
उनका अनुसा मुख्यतया लामखुट्टेको टोकाइबाट जोगिनु नै मुख्यरुपमा सो रोगबाट बच्ने उपाय मानिन्छ । पूरा शरीर ढाकिने गरी कपडा लगाउने लामखुट्टेको टोकाइबाट बच्न राति र दिउँसो पनि झुलभित्र सुत्ने घर वरपर सफा राख्ने पानी जम्न नदिने, पानी राख्ने भाँडाजस्तै पानी ट्याङ्की, गाग्री, बाल्टिन, ड्रम आदि सधैँ छोपेर राख्ने उनको सुझाब छ ।
डेंगु देखिएको ठाउँमा खोज र नष्ट गर अभियान सञ्चालन गर्नुपर्नेमा उनको जोड छ ।
















सप्तरीमा आगलागी हुँदा एक घर जलेर नष्ट
प्रतिनिधिसभाको प्रथम अधिवेशनद्वारा प्रक्रियागत काम पूरा, आगामी अधिवेशनका निम्ति मार्ग प्रशस्त
सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण भएको मुख्यमन्त्री कँडेलको गुनासो
युद्धविरामअघि ओडिसामा घातक हमला
बागमती सरकारले गाडी भाडा समायोजन गर्यो, कहाँको कति ? (सूचीसहित)
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
प्रतिक्रिया