मोटरसाइकल दुर्घटना हुँदा मृत्यु
मेरोन्यूज
२०७८ कार्तिक २६ गते १०:५२

दमक । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–५ स्थित लभडाँडा सडकखण्डमा भएको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा कमल–५ का २४ वर्षीय डिल्लीराम शाही छन् ।
बिहीबार अपराह्न भएको दुर्घटनाका घाइते मोटरसाइकल चालक शाहीको उपचारका क्रममा आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र१–०२–०४१प २००० नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा शाहीको टाउकामा चोट लागेको र उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा पछाडि सवार घाइते इटहरी–२० का २५ वर्षीय रुपम तामाङको भने उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया