कांग्रेस महाधिवेशन
पौडेल प्यानलबाट शशांक आउट
यी नेतालाई बनाउने तयारी छ- पदाधिकारी

काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मंसिर २४ देखि २६ गतेसम्म हुने निर्धारित १४ औँ महाधिवेशनमा पदाधिकारीबारे प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरे । त्यहाँ सभापति देउवा र उपसभापति विमलेन्द्र निधिबीच सभापतिको उम्मेदवारबारे सवाल जवाफ भयो । र, अन्तिममा देउवाले निधिलाई उम्मेदवार बनेर जित्ने शुभकामना दिए ।
स्पष्ट रुपमा पहिल्यैदेखि दुई गुटमा विभक्त कांग्रेसको अर्को समूहको नेतृत्वकर्ता नेता रामचन्द्र पौडेल समूहले पनि १४ औँ महाधिवेशनमा नेतृत्व र पदाधिकारीबारे छलफल थालेको छ । त्यसबारे थप छलफल गर्न पौडेल समूहले आज आफूनिकटका नेताहरूको बैठक बोलाएको छ ।
स्रोतका अनुसार पौडेलले नेताको व्यवस्थापनको मोटामोटी खाका बनाएका छन् ।
उनको खाकाअनुसार अहिले सभापतिमा निर्वाचन लड्ने तयारीमा तीन वर्षदेखि लागेका डा. शेखर कोइरालालाई उपसभापतिमा निर्वाचन लडाउने र आम निर्वाचनपछि आफूले सभापति जितेमा कार्यवाहक सभापति दिने तयारी छ । त्यो प्रस्ताव पौडेलले नेता डा. कोइरालालाई आफू स्वयम् र अन्य विश्वास पात्रहरूमार्फत पटक-पटक पठाएका छन् ।
पहिला प्रधानमन्त्रीको उम्मेदवार बनाउने भनेकोमा डा. कोइरालाले आफू सत्तामा भन्दा पार्टीमा नेतृत्व गरेर काम गर्न चाहेको बताएपछि पौडेलले त्यस्तो प्रस्ताव गरेका हुन् । पौडेल निकट स्रोतले डा. कोइरालालाई अहिले पनि आम निर्वाचन जित्न उनको क्षेत्रमा गाह्रो रहेकाले पार्टी चलाउँछु भनेको रिर्पोट आफूहरूसम्म आएको बताए ।
सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका अर्का नेता प्रकाशमान सिंहलाई पनि अहिले उपसभापतिको उम्मेदवार बनाउने र पछि संसदीय दलको नेता बनाएर प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रस्ताव पौडेलको छ । तर, दुवै नेताले पौडेलको प्रस्ताव भने स्वीकारेका छैनन् । अहिले पौडेल र प्रकाशमान सिंहको सम्बन्धमा चिसोपना देखिएको छ । पौडेलले आजका लागि बोलाएको बैठकमा सिंहले नजाने घोषणा गरेका छन् ।
तर, १३ औँ महाधिवेशनमै समूहबाट उम्मेदवार बनेर महामन्त्री जितेका डा. कोइरालाबारे भने के गर्ने समूहमा छलफल नै नभएको नेताहरू बताउँछन् । स्रोतका अनुसार उनले मन्त्रीमा सिफारिस गरेर अहिले रक्षामन्त्री रहेका डा. मिनेन्द्र रिजाललाई महामन्त्रीको उम्मेदवार बनाउने तयारी पौडेलको छ ।

१३ औँ महाधिवेशनमा कोइराला परिवारबाट डा. शशांकलाई उम्मेदवार बनाइएको र योपटक डा. शेखरलाई बनाउने प्रस्ताव पौडेल र उनी निकटका नेताहरूको छ । यो मान्न न डा. शेखर तयार भएका छन्, न डा. शशांक नै ।
अर्को महामन्त्रीमा भने युवा नेता गगन थापालाई उम्मेदवार बनाउने गरी छलफल जारी रहेको एक नेताले बताए । गत १९ गते (तिहारको भाइ टीकाको अघिल्लो दिन) नेता डा. रामशरण महतको निवासमा नेताहरूबीच भएको छलफलमा यसबारे कुराकानी भएको स्रोतको दाबी छ ।
अहिले सभापतिमा दाबी गरेका नेता डा. महत र अर्जुननरसिंह केसी र महामन्त्रीमा दाबी गरेका नेता बलबहादुर केसी भने समूह एक हुने भएमा आफूहरु केन्द्रीय सदस्य मात्रै लड्न तयार रहेको भन्दै कसरी हुन्छ मिलाउनु लागि रहेका नेताहरू बताउँछन् ।
सकभर नेता कृष्णप्रसाद सिटौलालाई पनि समूहमा मिलाउने तयारी पौडेलको छ । १३ औँ महाधिवेशनमा सिटौला समूहबाट महामन्त्रीको उम्मेदवार बनेका थापालाई महामन्त्रीको उम्मेदवार बनाउने र खुल्ला सहमहामन्त्रीमा सिटौला समूहकै प्रदीप पौडेललाई उम्मेदवार बनाउने प्रस्ताव पौडेलको छ ।
विभिन्न कलष्टर गरी ८ सहमहामन्त्री हुनेमा क-कसलाई उम्मेदवार बनाउने भन्नेबारे पनि नेताहरूबीच छलफल भइरहेको छ । अहिलेसम्म सिटौलाले मानेमा खुल्लामा प्रदीप पौडेल, पीछडिएको क्षेत्रबाट बद्री पाण्डेको नाम टुंगिए जस्तै छ । सुजाता कोइरालालाई महिलाबाट सहमहामन्त्री बनाउने तयारी पौडेल समूहको छ । दलीतबाट जीवन परियार, मधेसबाट रामकृष्ण यादव, जनजातिबाट धनराज गुरुङको सम्भावना रहेको नेताहरू बताउँछन् ।

















सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
आज विभिन्न जिल्लामा असिना पानी, सबैभन्दा बढी वर्षा सङ्खुवासभामा
विगतमा एमाले हार्दा दाङ विकासको प्रतिस्पर्धामा पछाडि पर्याे – शङ्कर पोखरेल
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिन सिफारिस
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
लिचीबारी घुस प्रकरणमा रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश
सशस्त्र प्रहरीका २३ बरिष्ठ उपरीक्षकहरु निर्वाचन अनुगमनमा
प्रतिक्रिया