शनिबार, पुष ५, २०८२

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा आन्दोलन

मेरोन्यूज २०७८ कार्तिक २६ गते ११:२०

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा विद्यार्थी संगठनहरूले आन्दोलन गरेका छन् । संगठनले नेपाल आयल निगम घेराउ गरी आन्दोलन गरेको हो ।

निगमले गत २४ गते राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । आन्दोलित विद्यार्थी संगठनहरूले शुक्रबार बिहान ९ बजेदेखि निगम घेराउ गरिरहेका छन् ।

निगमले पछिल्लोपटक डिजेल, पेट्रोल र मट्टीतेलको भाउ प्रतिलिटर ३ रुपैयाँ बढाएको छ भने खाना पकाउने एलपीजी ग्यासको मूल्य प्रतिसिलिण्डर ७५ रुपैयाँ वृद्धि गरेको छ ।

यससँगै उपत्यकामा पेट्रोलको भाउ प्रतिलिटर १३६ र मट्टीतेल र डिजेल ११९ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया