नेपाली संस्था चिनियाँ अनुसन्धानका लागि छनोट

काठमाडौँ । चीनको सियानमा अवस्थित सियान मेडिकल युनिभर्सिटीमा स्थापित ‘चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजीवकुमार झा’ चीन सरकारद्वारा आह्वान गरिएको अनुसन्धान इन्स्टिच्युटमा छनोट भएका छन् । चीनको साङ्सी प्रान्तको विज्ञान तथा प्रविधि मन्त्रालयले चीनमा रहेर अध्ययन अनुसन्धान गरिरहेका चिनियाँ एवं विदेशी इन्स्टिच्युटका लागि गरेको खुला प्रस्तावमा सो इन्स्टिच्युट पनि छनोट भएको हो।
उक्त दैनिक पत्रिकामा तीन महिनाअघि चीनभरका संस्थाबाट प्रस्ताव आह्वान गरिएको थियो । आह्वानबमोजिम परेका आवेदनबाट २० संस्था र १० जना व्यक्ति छानिएका थिए । छानिएकामध्ये प्रा डा राजीवकुमार झासमेत रहेका छन् ।
उनी हाल सियान मेडिकल युनिभर्सिटीमा प्राध्यापनरत रहेका छन् । चीनको साङ्सी प्रान्तीय सरकारले गरेको आह्वानमा अनुसन्धानका लागि छनोट भएको यो पहिलो विदेशी नामको संस्था हो ।
उक्त प्रान्तीय सरकारले सो प्रान्तमा विज्ञान तथा प्रविधिका क्षेत्रमा गर्न सकिने विकास र विस्तारका लागि प्रत्येक दुई वर्षमा यसैगरी खुला प्रस्ताव आह्वान गरी प्रतिस्पर्धात्मक रुपमा २० संस्था र १० जना अनुसन्धानदाता छनोट गर्ने गर्दछ ।
यस वर्ष छनोट भएको सो इन्स्टिच्युट प्रा डा झाको नाममा चीन सरकारले सन् २०१५ मा स्थापना गरेको हो । सियान मेडिकल युनिभर्सिटीमा स्थापित सो इन्स्टिच्युटको पूर्वउपराष्ट्रपति परमानन्द झाले उद्घाटन गरेका थिए ।
उक्त इन्स्टिच्युटमार्फत स्वास्थ्य क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या एवं चुनौतीका साथै विशेष गरी प्याँक्रियाजमा हुने क्यान्सरको वृद्धिदर कम गर्न सकिने विषयमा अनुसन्धान गर्ने गरिएको छ । चीनको साङ्सी प्रान्तीय सरकारले दिएको अनुसन्धानको यस अवसरबाट आफूलाई निकै खुसी लागेको प्रा डा झाले प्रतिक्रिया दिएका छन् ।
चीनका लागि नेपाली पूर्वराजदूत महेन्द्र पाण्डेले एक नेपाली युवाका नाममा चीन सरकारले नै स्थापना गरेको सो संस्था र नेपाली प्राध्यापक चीन सरकारद्वारा आह्वान गरिएको यो स्तरको प्रस्तावमा छनोट हुनु नेपालका लागि गौरवको विषय भएको बताए ।
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया