नेपाली संस्था चिनियाँ अनुसन्धानका लागि छनोट

काठमाडौँ । चीनको सियानमा अवस्थित सियान मेडिकल युनिभर्सिटीमा स्थापित ‘चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजीवकुमार झा’ चीन सरकारद्वारा आह्वान गरिएको अनुसन्धान इन्स्टिच्युटमा छनोट भएका छन् । चीनको साङ्सी प्रान्तको विज्ञान तथा प्रविधि मन्त्रालयले चीनमा रहेर अध्ययन अनुसन्धान गरिरहेका चिनियाँ एवं विदेशी इन्स्टिच्युटका लागि गरेको खुला प्रस्तावमा सो इन्स्टिच्युट पनि छनोट भएको हो।
उक्त दैनिक पत्रिकामा तीन महिनाअघि चीनभरका संस्थाबाट प्रस्ताव आह्वान गरिएको थियो । आह्वानबमोजिम परेका आवेदनबाट २० संस्था र १० जना व्यक्ति छानिएका थिए । छानिएकामध्ये प्रा डा राजीवकुमार झासमेत रहेका छन् ।
उनी हाल सियान मेडिकल युनिभर्सिटीमा प्राध्यापनरत रहेका छन् । चीनको साङ्सी प्रान्तीय सरकारले गरेको आह्वानमा अनुसन्धानका लागि छनोट भएको यो पहिलो विदेशी नामको संस्था हो ।
उक्त प्रान्तीय सरकारले सो प्रान्तमा विज्ञान तथा प्रविधिका क्षेत्रमा गर्न सकिने विकास र विस्तारका लागि प्रत्येक दुई वर्षमा यसैगरी खुला प्रस्ताव आह्वान गरी प्रतिस्पर्धात्मक रुपमा २० संस्था र १० जना अनुसन्धानदाता छनोट गर्ने गर्दछ ।
यस वर्ष छनोट भएको सो इन्स्टिच्युट प्रा डा झाको नाममा चीन सरकारले सन् २०१५ मा स्थापना गरेको हो । सियान मेडिकल युनिभर्सिटीमा स्थापित सो इन्स्टिच्युटको पूर्वउपराष्ट्रपति परमानन्द झाले उद्घाटन गरेका थिए ।
उक्त इन्स्टिच्युटमार्फत स्वास्थ्य क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या एवं चुनौतीका साथै विशेष गरी प्याँक्रियाजमा हुने क्यान्सरको वृद्धिदर कम गर्न सकिने विषयमा अनुसन्धान गर्ने गरिएको छ । चीनको साङ्सी प्रान्तीय सरकारले दिएको अनुसन्धानको यस अवसरबाट आफूलाई निकै खुसी लागेको प्रा डा झाले प्रतिक्रिया दिएका छन् ।
चीनका लागि नेपाली पूर्वराजदूत महेन्द्र पाण्डेले एक नेपाली युवाका नाममा चीन सरकारले नै स्थापना गरेको सो संस्था र नेपाली प्राध्यापक चीन सरकारद्वारा आह्वान गरिएको यो स्तरको प्रस्तावमा छनोट हुनु नेपालका लागि गौरवको विषय भएको बताए ।










शेख हसिना विरुद्धको फैसलाअघि बङ्गलादेशमा कडा सुरक्षा
लिम्बू समुदायहरुको पर्व चासोक तङनाम सुरु
क्रिकेटप्रेमीको सपनाः एनपिएलको नयाँ अध्याय
ईपीएस भाषा परीक्षा आजदेखि
काष्ठकलामा सिपालु भीमबहादुर
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले छाडे रास्वपा
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
प्रतिक्रिया