बुधबार, चैत ११, २०८२

युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु

मेरोन्यूज २०८२ चैत १० गते १५:३०

युक्रेनमा मङ्गलबार भएको रूसी मिसाइल र ड्रोन आक्रमणको कारण पाँच जनाको मृत्यु भएको क्षेत्रीय अधिकारीहरूले बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

पोल्तावा क्षेत्रमा दुई जना र जापोरिझिया, खेरसन र खार्किवमा एक–एक जनाको मृत्यु भएको जनाइएको छ ।

आक्रमणको पूर्वसन्ध्यामा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसीहरूले ठूलो आक्रमणको तयारी गरिरहेको हुन सक्ने गुप्तचरबाट जानकारी पाएको चेतावनी दिनु भएको छ ।

खेरसन सहरको सैन्य प्रशासनका प्रमुख यारोस्लाव सान्कोले खेरसनका एकजना बासिन्दाको आफ्नै घरमा पनि मृत्यु भएको बताएका छन् ।

मिडियाले मङ्गलबार क्षतिग्रस्त आवासीय भवनहरूका तस्बिरहरू प्रकाशित गरेको छ ।

पोल्टावा क्षेत्रमा दुई जनाको मृत्यु हुनुका साथै सात जना घाइते भएको आपतकालीन सेवाले जनाएको छ ।

क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेक्सान्डर गान्जाका अनुसार रुसले ड्निप्रोपेट्रोभस्क क्षेत्रका दुई जिल्लाहरूलाई २० पटक भन्दा बढी आक्रमण गरेको छ ।

सुमीमा मिनीबसका चालक गाडीमा ड्रोनले प्रहार गर्दा घाइते भएको क्षेत्रीय सैन्य प्रशासनका प्रमुखले बताएका छन् ।

रुसको रक्षा मन्त्रालयले हवाई सुरक्षाले यस अघि विभिन्न क्षेत्रहरूमा ५५ वटा युक्रेनी फिक्स–विङ मानव रहित हवाई आक्रमणहरू रोकेको जनाएको छ ।

प्रतिक्रिया