भृकुटीमण्डपमा छालाजन्य वस्तुहरुको व्यापारीक प्रदर्शनी सुरु

काठमाडौं । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियसन अफ नेपालको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको व्यापारीक प्रदर्शनी सुरु भएको छ ।
शुक्रबार काठमाण्डौमा एक कार्यक्रमकाबीच नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यापारीक प्रदर्शनीको उद्घाटन गरे ।
जुत्ता उद्योगी स्वयंले नै स्टल राखेका कारण प्रदर्शनीमा बजारमा भन्दा सस्तोदरमा जुत्ता पाइने आयोजकले दाबी गरेको छ ।
प्रदर्शनीको उदघाटन गर्दै उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले भर्खरै करोनाको कहरबाट अर्थतन्त्र पूर्वपत् अवस्थामा फर्कदै गर्दा बैंक तथा वित्तिय संस्थामा देखिएको तरलतालको अभावले अर्थतन्त्र पुनः डामाडोल हुने हो की भन्ने आशंका रहेको बताए ।
यो समस्याको समाधानको उपाय समयमा खोज्न नसके उठ्न थालेका उद्योग कहिले पनि उठ्न नसक्ने गरि ढल्ने खतरा रहेको बताए ।
उनले हाल बैकिङ्ग क्षेत्रमा देखिएको तरलताको समस्या समाधान गर्न सरकारलाई अनुरोध समेत गरे ।
यस्तै, उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले मुलुकभित्रको व्यापार घाटा कम गर्न सकेसम्म निर्यातलाई बढाउन पर्ने बताए ।
प्रदर्शनी कार्तिक २६ गतेदेखि मंसिर १३ गतेसम्म सञ्चालन हुने छ । अवलोकनकर्ताहरुलाई आकर्षित गर्न छाला जुत्ता तथा वस्तुमा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ ।
प्रदर्शनीमा नेपालका चर्चित ३० वटा कम्पनीका एक सय भन्दा धेरै स्टल राखिनेछन् । प्रदर्शनीमा करिब २ करोड रुपैयाँको कारोबार हुने आयोजकको अनुमान छ ।
एशोसियसनले बर्षको दुई पटक काठमाडौंमा र हरेक प्रदेशमा बर्षमा एक पटक व्यापारी मेला आयोजना गर्दै आएको छ ।
एशोसियसनले गत वर्षको माघ फाल्गुणमा पनि मेला आयोजना गरेको थियो । तर, हरेक बर्ष गर्दै आएको राष्ट्रिय औद्योगिक प्रदर्शनी भने विगत २ वर्षदेखि कारोनाका कारण स्थगित गर्दै आएको छ ।










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया