एकीकृत समाजवादीले एकताका लागि सबैसँग वार्ता गर्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पार्टी एकताका लागि सबैसँग वार्ता गर्ने निर्णय गरेको छ ।
पार्टी स्थायी समितिको शुक्रबार बसेको बैठकले कुनै पनि पार्टीको शक्ति, क्षमता र जनाधार, राजनीतिक दृष्टिकोण र महत्वका आधारमा सबैसँग वार्ता गर्ने निर्णय गरेको पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
बैठकमा महासचिव डा. बेदुराम भुसालले विभिन्न दलसँग भएको वार्ताकाबारेमा रिपोर्ट पेश गरेका थिए । भुसालले पेश गरेको रिपोर्ट बारेको प्रस्ताव केन्द्रीय कमिटि बैठकमा लैजाने स्थायी कमिटिले निर्णय गरेको पनि खतिवडाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
शुक्रबार बसेको स्थायी समितिको बैठकमा बोल्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले नेपाली राजनीतिमा आफ्नो पार्टीको महत्व दिनानुदिन बढीरहेको, पार्टी प्रवेशको लागि आकर्षण बढिरहेको बताएका थिए ।
नेकपा एमालेले आफूहरु विरुद्धमा षडयन्त्रमूलक तरिकाले झुट र भ्रम फैलाइरहेको भन्दै नेपालले त्यसकाविरुद्ध अझ सशक्त भएर लाग्न आह्वान गरे ।
पाँच दलीय गठबन्धनले केन्द्रीय समन्वय समिति गठन गरी गठबन्धनलाई स्थायी स्वरुप दिन मद्दत पुगेको भन्दै उनले समन्वय समितिले आगामी सबै निर्वाचनका विषयमा पनि एकताबद्ध भएर जाने दिशा तय गरेको बताए ।
साथै नीतिगत विषयहरुमा, सार्वजनिक महत्वका विषयमा र विकासका विषयमा पनि गठबन्धनले साझा धारणा बनाउनेतर्फ अग्रसर भएको नेता नेपालको भनाइ छ ।
उनले अब पार्टी सबै तहका निर्वाचनको तयारीमा जुटुनुपर्ने भएकाले देशभरका सबै पार्टी कमिटीहरुले तीब्र गतिमा आवश्यक योजना बनाइ काम गर्न पार्टी नेता कार्यकर्तालाई निर्देशन पनि दिएका छन् ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया